Monday, April 22, 2024
HomeUncategorizedबढ्दै सर्पको बिगबिगी, दुई महिनामा छको मृत्यु

बढ्दै सर्पको बिगबिगी, दुई महिनामा छको मृत्यु

- Advertisement -spot_img

दाङ, ३० भदौ । शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका ५० वर्षिय दल बहादुर घर्तीको सर्पको टोकाइबाट मृत्यु भयो । गत साउन ५ गते घरको ढोकाबाट बाहिर निस्किने क्रममा सर्पले टोक्दा गम्भीर बिरामी भएका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सर्पको पहिचान हुन नसक्दा र सर्पले टोके लगत्तै उपचारका लागि अस्पतालमा ढिलो लैजाँदा उनको मृत्यु भएको थियो । सर्पले टोकेपछि अस्पताल ढिलो गरी पु¥याउँदा मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै गत साउन ७ गते शान्तिनगरमा मामा घर आएका १६ वर्षिय किशोरको सर्पको टोकाइबाट मृत्यु भयो ।

सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई शान्तिनगर गाउँपालिका–७ मामा घर बस्दै आएका १६ वर्षिय मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो । मामाघरमा आएका वलीलाई ७ गते सोमबार राती १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका थिए । गम्भीर बिरामी भएका उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । तर उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ कटाहाँकी ४० वर्षीया ललिता डाँगीको गत असारमा सर्पदंशबाट मृत्यु भयो । घर बाहिर खाना पकाउँदै गरेकी ललितालाई सर्पले टोकेपछि घरको कुकुरले सर्पलाई झम्टिन खोज्यो । कुकुरले झम्टिन खोजेपछि गोमन सर्प नजिकैको दुलोमा छिरेको सर्पलाई कुकुरले बाहिर निकालेर सर्प मारेको थियो ।

सर्प मारेको केही समयपछि कुकुर पनि आफै मरेको थियो भने सर्पले टोकेपछि बेहोस भएकी ललिताको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको थियो । ललिताको समयमै उपचार भएको भए उपचार सम्भव हुने थियो कि भन्ने परिवारलाई लागेको छ ।

गत मंगलबार दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ८० वर्षिय लक्षिण प्रसाद योगी र ३१ वर्षिय ज्ञानेन्द्र कुँवरलाई सर्पले टोकेको थियो । योगीलाई सर्पले मंगलबार दिउँसो घाँस काट्ने क्रममा टोकेको हो भने कुँवरलाई मंगलबार बिहान खेतमा पानी चार्ने क्रममा सर्पले टोकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।
सर्पले टोकेका दुईजनामध्ये ८० वर्षिय योगीको अवस्था गम्भीर रहेको छ भने कुँवरको अवस्थामा सामान्य रहेको छ ।

दुवैजनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उल्लेखित घटना प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुई महिनाको अवधिमा जिल्लामा सर्पको टोकाइबाट छजनाको मृत्यु भएको छ ।

तथ्याङ्कअनुसार चालु वर्षको भदौसम्म छजनाको मृत्यु भएको हो । चालु वर्षको साउन महिनामा दुईजना बालबालिका, दुईजना पुरूष र एक महिला गरी पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी जनक मल्लले जनाकारी दिए । उनका अनुसार भदौ महिनामा एकजना पुरूषको मृत्यु भएको छ ।

‘सर्पदंशबाट ज्यान गुमाउनुको मूख्यकारण सर्पको पहिचान हुन नसक्नु देखिएको छ’ उनले भने–‘सर्पदंश लगत्तै अस्पतालमा ढिला पु¥याउँदा पनि बिरामीको ज्यान जाने गरेको छ ।’ सर्पदंशका घटना पछिल्लो समय तराईभन्दा पहाड र चुरे क्षेत्रमा पनि हुने गरेको उनले बताए ।

‘जलवायु परिवर्तनको असर देखिएको छ’ उनले भने– ‘तराईका सर्पहरू पहाड उक्लिन थालेका छन् ।’ दाङमा चालुवर्षको दुई महिनाको अवधिमा सर्पको टोकाइबाट एक सय छजना बिरामी भएका छन् । जसमा १२ जना बालबालिका, ५४ जना महिला र पुरूष ४१ जना रहेका छन् । साउन महिनामा ७० जना बिरामी परेका थिए भने भदौ महिनाको आजसम्म ३७ जना बिरामी परेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here