Tuesday, April 23, 2024
Homeराजनीतिपर्वले धार्मिक सहिष्णुुता कायम गर्छः पोख्रेल

पर्वले धार्मिक सहिष्णुुता कायम गर्छः पोख्रेल

- Advertisement -spot_img

दाङ, २८ पुस । एमालेका महासचिव शंकर पाोखरेलले माघीजस्ता मौलिक पर्वहरूले धार्मिक सहिष्णुुता तथा एकता कायम गर्न मद्दत पुग्ने बताएका छन् । तुलसीपुर–१० गौरीगाउँमा आयोजित माघी कार्यक्रममा उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले गौरीगाउँ ताल तुलसीपुर उपमहानगरको मात्र नभएर समग्र दाङको चिनारी रहेको भन्दै यसको चौतर्फि विकासमा सबैले उत्तिकै ध्यान दिनुपर्ने बताए ।

तुलसीपुर–१० गौरीगाउँमा शुक्रबार सिर्जनशील युवा क्लवले गौरीताल घुम्न जाउ माघी कार्यक्रम गरेको छ । थारू कला संस्कृतिको जगेर्ना तथा सम्वद्र्धन गौरीतालको पर्यटन प्रवद्र्धन भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । क्लवका अध्यक्ष सन्तोष ओलीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पाोखरेलको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा पूर्व सदस्य कोमल वलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि वलीले गौरीतालको विकास समग्र जिल्लाकै पर्यटन क्षेत्रको विकास रहेको बताइन् । उनले गौरी तालको थप विकासका लागि आफू प्रतिबद्ध रहेको बताइन् । त्यस्तै तुलसीपुरका नगर प्रमुख टीकाराम खड्काले गौरीतालको समग्र विकासका लागि उपमहानगरले डिपीआर गरिसकेको र चाडै नै गौरीतालले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजीकरण क्लवका सचिव सुमन कँडेल र शिसोर वियोग चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here