Wednesday, September 11, 2024
Homeसाहित्यरूप फरक

रूप फरक

- Advertisement -spot_img

हिजो उता सोझालाई कजाउँदै
रमाउँदै उनीहरू यता
खेद्न लखेट्न असाध्य मन छ हाम्रो
रूप फेरेर बसेका नदेखिउन यता

सफेद वस्त्रमा थिए उनै हिजो,
आज पित वस्त्रमा सजिएका छन् ।
हामीलाई लाग्यो कि हाम्रो दृष्टिदोष हो
या उनैले काँचुलि फेरे छन् ।

समाजसेवी नेतृत्व नभनु कसरी
समाजमा दुरूस्त देखिन्छन् ।
मानव हितमा कर्म गरौँ भन्दा
बहाना बनाउँदै जिम्मेवारी छोड्छन्

सेवाको नाममा लुटे थुते सबै सके
देशलाई नाङ्गो बनाइ छोडिदिए ।
होइन भनुँ कसरी उनै हुन्
रूप फेरेर देश खोक्रो पारिदिए ।

रूप बदल्नेहरू सामु हामी निरिहले
के गरी साध्य हुन्छ र ?
परिस्थिति मौसम अनुरूप बदल्नेहरूको
पछाडि दौडी साध्य हुन्छ र ?

सहाराविहीन हामी न्याय गुहार
माग्छौं रूप बदल्ने हरूसँग
हामी तितो सत्य वचनको लडाई सधैं
गर्छौं जितेर हार्छौं रूप बदल्ने हरूसँग

विजेता दूत भुत हुन् समाजका
सधैं अगाडि उनीहरू
राम, हराम दासजस्तै देखिने
शोषक परिजीवी हुन् उनीहरू

पदार्थजस्तै अनेक रङ्ग उनीहरूको
बोली अनेक सिपले फेर्छन् ।
हामीले हेर्दाहेर्दै कलात्मक रूपमा
सहजै सदैव रूप फेर्छन् ।

जिउँदो छँदा कुटनैतिक अपमान
लासमा प्रमाण दयालु देखिने उनीहरू
ताप लिन प्रतापिजनको सलाममा
सधैं अधि मायालु देखिने उनीहरू

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here