अबको राजनीति कस्तो होला ?

वि.सं २०७७ साल पुस ५ गते नेपालको संसदीय ईतिहासमा कालो दिनको रुपमा दर्ज भएको छ । संविधानसभाले लामो समय लगाएर बनाएको वर्तमान संविधानमा स्पष्ट रुपमा ब्यवस्था गरिएको प्रावधानलाई मिचेर सरकार प्रमुखले हठातरुपमा गरेको संसद विघटनको घोषणा गरिएको उक्त दिन पछिको नेपालको राजनीतिक घटनाक्रमले नेपाल केही समयको लागि राजनीतिक अस्थिरताको चक्रब्यूहमा फस्ने पक्का छ । विगतको […]

Continue Reading

कृषि पर्यटन र गाउँघरको विकास

कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने गाउँघरमा कृषि र पर्यटन दुबैको विकास हुन्छ । तर यस्तो योजना पर्यटनको क्षेत्रमा हालसम्म बनेको पाँइदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाउँदा फाइदा पुग्छ र ग्रामीण क्षेत्रमा पर्यटनको विकासले गति लिदै जान्छ । पछिल्लो समय […]

Continue Reading

महिलाको क्षमता र भूमिका

देशमा महिलाहरूको सहभागिता केवल पारिवारिकस्तरमा मात्र होइन, आध्यात्मिक, सामाजिक, आर्थिक र राजनैतिकस्तरमा पनि महत्वपूर्ण भूमिका रहेको वास्तविक जीवन तथा विभिन्न तथ्यांकअनुसार सोही देखिएको छ । आज संसारमा यस्तो कुनै क्षेत्र छैन जहाँ महिला अग्रसर रहि सफलता हासिल गरेका छैनन् । त्यसैले आजको आवश्यकता महिला सशक्तिकरण हुनुपर्ने जुन देशको चौतर्फी विकास महिलाको सहभागिता अधुरो रह्यो भन्ने […]

Continue Reading

श्रीनगरको प्राकृतिक सुन्दरता

बसन्त ऋतुको सुरूवातसँगै अर्थात् चैत महिना लागेपछि तानसेनको श्रीनगरमा पर्यटकहरूको भिडभाड हुन थाल्दछ । प्रदेश नम्वर ५ को पाल्पा तानसेनको श्रीनगर हरियाली, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताका कारण घुमफिर गर्न पर्यटकहरूको रोजाईमा पर्दछ । श्रीनगरमा विभिन्न ठाउँबाट दैनिकजसो धेरै पर्यटकहरू पिकनिक मात्र होइन हिमालको दृष्यावलोकन गर्न पनि पुग्दछन् । अन्य दिनभन्दा बिदाको दिन पिकनिक […]

Continue Reading

दीर्घ जीवन हाम्रै हातमा

ब्रह्माण्डमा लाखौं प्रजातीका जीवजन्तु, बोटवृक्ष रहेका छन् । जीव तथा बोटवृक्षको प्रजाती अनुसारको आयु निर्धारित रहेको हुन्छ । मानव सभ्यताको ढुङ्गे युगदेखि हालको विज्ञान र प्रविधिको युगमा आईपुग्दा मानिसको आयु पनि विभिन्न कालखण्डमा फरक–फरक देखिन्छ । यस्तो देखिनुको कारण अनुसन्धानकर्ताहरूले उसले व्यतीत गरेको जीवनशैली मुख्य कारण बताएका छन् । यस युगमा मनुष्यको आयु १०० वर्ष […]

Continue Reading

फौजी किराभन्दा खतरनाक सलह

कहिलेकाहिँ भौतिकवादी र आध्यात्मिकवादीबीच विभिन्न कुराहरूमा ठूला–ठुला मतभेदहरू हुने गर्दछन् । भौतिकवादको प्रमुख आधार विज्ञान हो भने आध्यात्मिकवादीहरूको आधार भनेको देवीदेवता परमेश्वर हो । वास्तवमा ब्रह्माण्डको उत्पत्ति र विकासको शुरूवातमा संसारको क्रमश नयाँ–नयाँ कुराहरूको विस्तारै विकासका नयँ ापाइलाहरूमा बामे सर्ने क्रम थियो । जसको आधार गर्दागर्दै सिक्दै जाने अनुभवको महसुस गर्दै जाने थियो । त्यतिबेला […]

Continue Reading

यतै डाउन, उतै डाउन

यतिबेला सबैलाई सताएको र सबैलाई अत्ताएको शब्द ‘लकडाउन’ हो । यो लकडाउनले रोग तथा संक्रमणको भय र त्रास मात्र फैलाएन । यसले समस्त जनजीवनको नीति, नियम, आचरण र दिनचर्यालाई समेत तंग, भंग र उदाङ्गो बनाइदियो । अर्को शब्दमा भन्नुपर्दा लकडाउन–सकडाउनमा परिणत भयो । यसले दिन केही जानेन र लिन केही छाडेन । सबथोक लिएर गयो र केही थोक दिन जानेन । […]

Continue Reading

कोरोनाभाइरस र बैकल्पिक शिक्षा

प्रदेश नं. ५ मा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै छ । पछिल्लो तथ्याङ्क अनुसार ५ नं. प्रदेशमा ३ हजार १ सयभन्दा बढी संक्रमित भैसकेका छन् । दाङमा मात्र ३ सय ८२ जना संक्रमित भैसकेका छन् र अझै कयांै क्वारेन्टाइनमा बसिरहेका छन् । अहिले दाङ जिल्लामा दैनिक २० जनाभन्दा माथि कोरोना संक्रमित भेटिरहेको अवस्था छ । एकातिर […]

Continue Reading

रासायनिक मल र धान खेती

किसान खेतीपातीमा व्यस्त भएका छन् । किसानले खेतीपातीको समयमा मलको समस्या भोगिरहेका छन् । मलको सहज व्यवस्थापन नहुँदा किसानले भनेजति उत्पादन पाउन नसक्ने चिन्ता छ । यसवर्ष पनि मलको अभाव कायमै रहेको छ । सरकारले कृषिबाट आर्थिक समृद्धि खोजेपनि आवश्यक वस्तु समयमै उपलब्ध गराउन नसक्दा उत्पादन बढ्न सकेको छैन् । अहिले पनि कोरोनाको महामारीका कारण […]

Continue Reading

हाम्रो संस्कृति दही चिउरा खाने दिन

हाम्रो समाज संस्कृतिमा हुर्केको समाज हो । घरद्वार निर्माणदेखि लिएर खेतीपाती गर्दा पनि हामी नेपालीहरूको आ–आफ्नै संस्कृति रहेका छन् । असार १५ मा दही चिउरा खाने साउनमा खिर खाने प्रचलन पनि हाम्रो संस्कृतिभित्र कै हो । खेत रोपाई गर्दा असारे भाकाको सुरिलो स्वरमा बाजागाजाका साथ गीत गाउँदै, हातको बीउ हिलो माटोमा छुपुछुपुको आवाजसँगै रोपाराहरूले रोप्ने […]

Continue Reading