Sunday, September 8, 2024
Homeसमाजदंगीशरण माघी महोत्सव

दंगीशरण माघी महोत्सव

- Advertisement -spot_img

दंगीशरण, २८ पुस । थारू राजा दंगीशरण बसेको सुकौराकोट दरबारको जीर्णोदार तथा भग्नावशेषलाई संरक्षण गर्न तथा थारू संस्कृति इतिहास रक्षाका लागि आफ्नो पहलमा एक करोड बजेट विनियोजन गरेको पूर्व सिँचाइ मन्त्री तथा प्रतीनिधिसभा सदस्य दिपक गिरीले बताएका छन् ।

दंगीशरण गाउँपालिकाको आयोजनामा दंगीशरण मघौटा म्याला २०८० को उद्घाटन गर्दै प्रतीनिधिसभा सदस्य दिपक गिरीले यस्तो बताएका हुन् । शुक्रबारदेखि आजसम्म चल्ने माघी महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दिपक गिरीले आफू थारू रहनसहनमा हुर्किएकाले थारूको संस्कृति परम्पराबारे आफू पूरा जानकार रहेको बताए ।

पछिलो समयमा थारू युवाले थारू संस्कृति तथा परम्परा भुल्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अबको आवश्यकता युवाहरूमा थारू संस्कृति तथा परम्पराको पुस्ता हस्तान्तरण आवश्यक रहेको बताए । विकासको गति क्रमिकरूपमा भइरहेको बताउदै आफू सिँचाइ मन्त्री हुँदा ८८ वटा डिप बोरिङ यहि क्षेत्रमा ल्यायर सिँचाइमा ठूलो विकास ल्याएको बता ए ।

जनताको हरेक सुख, दुःखमा आफू सदैव लागिरहेको बताउँदै गिरीले कुनै समस्या परे आफूलाई निर्धक्कसँग सम्पर्क गर्न पनि आग्रह गरे । थारू संस्कृतिको संरक्षणमा चासो अनि चिन्ता राख्ने गिरीले सातवटै वडाका मतहवालाई पुरानो संस्कारअनुरूप माघ १ गतेका दिन नदी तथा खोलामा पैसाको सिक्का चढाएर नुहाउने प्रचलन जोगाउन पैसाको सिक्का प्रदान गर्दै खादा ओढाएर सम्मान गरेका थिए ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले दंगीशरण गाउँपालिकाले थारू संस्कृति ओगाउन माघी महोत्सव आयोजना गरेर सह्रानीय काम गरेको बताए । थारू राजा दंगीशरणले राज्य गरेको ठाउँमा परिचित दंगीशरणको पहिचान झल्कने नृत्य तथा परिकारले आफू अत्यन्तै हर्षित रहेको प्रमुख सुवेदीले बताए ।

कार्यक्रममा थारू संस्कृतविद् एकराज चौधरी, चूर्ण चौधरी, वडा अध्यक्षहरू तथा विभिन्न पार्टी प्रतिनिधिहरूले थारू संस्कृति तथा माघी पर्वका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । महोत्सवमा थारू नृत्यहरू ढोलाहा नाच, कठ्घोरी नाच, लठहवा नाच, सोरठी नाच, गो¥या नाच, थारू हस्तकलासँगै थारू परिकार, माछा, घोंगी, गंगटा, सुंगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकारहरू तथा थारू केन्द्रीय तथा जिल्लास्तरका कलाकारहरूको प्रस्तुति रहेका थियो ।

दुई दिनसम्म चल्ने माघी महोत्सवको शुक्रबार पहिलो दिन माघी महोत्सव मुल समितिका संयोजक शुकलाल चौधरीको अध्यक्षता, प्रतिनिधिसभा सदस्य पूर्व सिँचाइ मन्त्री दिपक गिरीको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको विशिष्ट आतिथ्यतामा औपचारिक उद्घाटन समापन गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here