Saturday, December 14, 2024
Homebreaking-newsतुलसीपुरमा सिकाइ आदानप्रदान सम्मेलन, योजनासहित व्यवसायमा जोडिन युवालाई आग्रह

तुलसीपुरमा सिकाइ आदानप्रदान सम्मेलन, योजनासहित व्यवसायमा जोडिन युवालाई आग्रह

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २८ पुस । अर्जुन भट्टराई युवा व्यवसायी हुन् । उनले तुलसीपुरमा व्यवसाय गर्छन् । व्यवसायमा प्रवेश गरेको लामो समय भएको छैन् । तर उनलाई राम्रै सफलता मिलेको छ । भट्टराई बाजेको पेडा नामक व्यवसाय सञ्चालन गरिरहेका उनले व्यवसायलाई थप बढाउन चाहन्छन् तर थप गरिएको लगानी नउठ्ने हो कि भन्ने चिन्ता छ ।

उनले व्यावसायिक सुरक्षा चाहेका छन् । ‘म युवा व्यवसायी हुँ’ उनले भने– ‘देशमै केही गरू भनेर लागेको छु, तर व्यावसायिक असुरक्षाको चिन्ता छ ।’ उनले राज्यले व्यवसाय गर्ने वातावरण बनाउन सकेपछि व्यावसायिक सफलता टाढा नभएको बताए । ‘म सफल व्यवसायी बन्न चाहन्छु, अहिलेसम्म पनि राम्रै सफलता मिलेको छ’ उनले भने– ‘किनभने म योजनावद्ध ढंगले व्यवसायी गरिरहेको छु ।’

लिलाराम नेपाली धर्म अटो मोबाइलका सञ्चालक हुन् । तुलसीपुरमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीको व्यवसायबाट राम्रै आम्दानी छ । ‘तुलसीपुरमा व्यवसाय सञ्चालन राम्रो छ । यसको शाखा सल्यान रूकुमतिर पनि विस्तार गर्ने योजना बनाएको छु’ उनले भने– ‘व्यवसाय योजना बनाएर सफलता प्राप्त गर्न समस्या छैन् ।’

उनले अटो व्यवसायमा आम्दानी ठिकै भएपनि जनशक्ति पाउन समस्या भएको बताए । ‘जनशक्ति पाउन समस्या छ’ उनले भने– ‘अहिले भारतबाट जनशक्ति ल्याउनुपर्ने अवस्था छ ।’ अर्जुन र लिलारामजस्तै धेरै युवा व्यवसाय आउन चाहेका छन् । तर व्यवसायमा आउँदा अपनाउनुपर्ने उपाय, लक्षित उपभोक्ताबारे योजना नहुँदा कतिपय युवा पलयान हुने गरेका छन् भने कतिपय युवालाई व्यवसाय सञ्चालन गर्न सकस छ ।

यस्तो अवस्थामा व्यावसायिक योजना बनाएर आउनुपर्ने सरोकारवालाको सुझाव छ । योजनाबिनै आउँदा धेरै व्यवसायी पलायन हुने गरेको उनीहरूले बताएका छन् । तुलसीपुरमा भएको इन्क्युवेटरको सिकाइ आदान–प्रदान सम्मेलनमा सरोकारवालाले योजना बनाएर मात्र व्यवसाय शुरूवात गर्नुपर्नेमा जोड दिएका छन् । व्यापार, व्यवसाय धरापमा हुँदा पछिल्लो समय धेरै व्यवसायी पलायन हुन थालेको भन्दै उनीहरूले व्यवसायीलाई स्थापित गराउन राज्यको सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

युवा व्यवसायी झग्गु भण्डारीले युवालाई व्यवसायमा जोड्न राज्यको सहयोग हुनुपर्ने बताए । ‘राज्यको सहयोग भएपछि युवाहरू व्यवसायमा आउन सक्छन्’ उनले भने– ‘हामीहरूलाई स्वदेशमै केही गर्ने वातावरण बनाउनु राज्यको दायित्व हो ।’ तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले व्यवसायमा आउँदा योजना बनाएर मात्र आउनुपर्नेमा जोड दिए ।

‘योजना बिनै लहलहैमा व्यवसायमा आउँदा कतिपय शून्य अवस्थामा पुगेका छन्’ उनले भने–‘केही गर्नका लागि योजना बनाएर मात्रै आउनुहोस् ।’ तयार नेपालका अशिम श्रेष्ठको अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नगरप्रमुख खड्काले युवाले व्यावसायिक योजना बनाएर आएमा राज्यले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले तुलसीपुरमा औद्योगिक क्षेत्र सञ्चालन ल्याउन व्यवसायीको साथ आवश्यक रहेको बताए । ‘आउनुहोस् युवा औद्योगिक क्षेत्रमा लगानी गरौँ’ उनले भने– ‘हामीले तोकेको क्षेत्रमा लगानी गरेपछि कर छुटको योजना ल्याउन सकिन्छ ।’ निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले नयाँ व्यवसायीलाई स्थापित गराउन स्थानीय सरकारले करिब पाँच वर्षमा कर छुट्को योजना ल्याउनुपर्ने बताए ।

‘स्थानीय सरकारले नयाँ युवा व्यवसायीलाई स्थापित गराउन योजना ल्याउनुपर्छ’ उनले भने–‘कम्तिमा पनि पाँच वर्षसम्ममा छुट गरेपछि धेरै युवा व्यवसायी स्थापित हुनेछन् ।’ उनले व्यावसायिक सफलतामा लगनशीलताको पाटो महत्वपूर्ण रहेको बताए । चुनौती आउँदा निराश भएर छोड्नेभन्दा पनि सिकाइ सिकेर अघि बढ्नसके सफलता टाढा नभएको उनले बताए ।

तुलसीपुर मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले विद्यार्थीलाई उत्पादनसँग जोड्ने किसिमको शिक्षा कलेजले दिने गरेको उनले बताए । अहिले बजारमा माटो सुहाउँदो जनशक्ति उत्पादनमा कलेजले जोड दिएको उनको भनाइ छ । कार्यक्रममा युवा व्यवसायी ब्ल्याक डायमण्डस प्रालिका झग्गु भण्डारी, भट्टराई बाजेको पेडा उद्यमी अर्जुन भट्टराई, धर्म अटो मोबाइल लिलाराम नेपाली, ठगुप्रसाद भण्डारी, विवेक भण्डारीलगायतले व्यवसायको प्रकृति, योजना, लक्षित उपभोक्ता लगायतका योजना प्रस्तुत गरेका थिए ।

अन्तर प्रेरणाका अमीर महर्जनको स्वागत मन्तव्यबाट कार्यक्रममा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, युएसएआईडी श्रमलाल चौधरीले युवालाई व्यवसायमा स्थापित गराउन आवश्यक समन्वय र सहकार्य निरन्तर हुनुपर्ने बताए । कार्यक्रमको सहजीकरण नेपाल घरेलुु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here