Wednesday, April 24, 2024
HomeUncategorizedमावि तुलसीपुर सेन्टर पढाइसँगै पैसा 

मावि तुलसीपुर सेन्टर पढाइसँगै पैसा 

- Advertisement -spot_img
तुलसीपुर, १५ भदौ । दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा निःशुल्क पढाइसँगै पैसा पनि पाइने भएको छ । देशभरीमै मेघा विद्यालयमा पर्न सफल विद्यालयमा प्रविधि (आईटी) र इलेक्ट्रिकल विषय पढ्ने विद्यार्थीले पैसा पनि पाउने भएका हुन् ।
विद्यार्थीले दुई वर्षको अवधिमा पोशाक भत्तावापत ५ हजार, दैनिक खाजा खर्चवापत एकमुष्ट ५२ हजार १ सय पाउने र दुई लाखसम्मको बिमाको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिए । चालु शैक्षिक सत्रमा प्रविधि (आइटी) विषयमा ४० जना र इलेक्ट्रिकल विषयमा ४० जनालाई प्रि–डिप्लोमा तहको शिक्षा निःशुल्क प्रदान गरिने भएको प्रअ पौडेलले बताए । विद्यार्थीलाई भर्ना र शिक्षण शुल्क पनि नलाग्ने उनको भनाइ छ । विद्यार्थीले आउँदो असोज २ गतेसम्म भर्ना फाराम बुझाउन सक्ने विद्यालयले जनाएको छ । एसईईमा न्यूनतम ‘इ’ ग्रेड ल्याएका विद्यार्थी भर्ना हुन सक्ने प्रअ पौडेलले बताए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here