Friday, April 26, 2024
Homeसमाजछिल्लीकोट संरक्षण तथा प्रवद्र्धनका बजेट

छिल्लीकोट संरक्षण तथा प्रवद्र्धनका बजेट

- Advertisement -spot_img

दाङ, २५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९ मा रहेको धार्मिक एवं पर्यटकीय ऐतिहासिक स्थल छिल्लीकोटको संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले चासो देखाएको छ । पर्यटकीय गतिविधिका लागि न्यूनतम भौतिक पूर्वाधारको विकास गर्न स्थानीय सरोकावालाको समेत सहभागतामा छिल्लिकोटको विकास गरिने भएको छ ।

छिल्लीकोटको कालिका मालिका क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्न चालु वर्षमा नेपाल पर्यटन बोर्डबाट ३० लाख रूपैयाँ विनियोजन भएको तुलसीपुर उपमहानगरपालिका वडा नंं. १९ का अध्यक्ष प्रेमनाथ योगीले बताए । यस्तै छिल्लीकोट पुग्न चोरकोटदेखि मालिका मन्दिरसम्म सिढी निर्माण गरिने भएको छ । यस्तै सिढी निर्माणका लागि पाँच लाख रूपैयाँ विनियोजन भएको अध्यक्ष योगीले बताए ।

तुलसीपुर उपमहानगरपालिका भित्र रहेका अन्य वडाहरूको तुलनामा १९ नं. वडाको विकट क्षेत्र रहेपनि सबै क्षेत्रको सहयोगले दाङकै पर्यटकीय क्षेत्रको चिनारी बनाउने गरी काम भइरहेको अध्यक्ष योगीले बताए । छिल्लीकोटमा बास बस्नको लागि होमस्टेको व्यवस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ ।

पर्यटकहरुले मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्यूटावरबाट दृश्यावलोकन, उत्तरी हिम शृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको बन, चराचुरुंगीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् । छिल्लीकोट तुलसीपुबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here