Sunday, April 28, 2024
Homeसमाजमाघी मिलन तथा पार्टी प्रवेश कार्यक्रम

माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रम

- Advertisement -spot_img

तुलसीपुर, २४ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मन्त्रालयको कामबाहेक अन्य समय जनताकै घरदैलोमा हुने बताएका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर–९ कमिटीको आयोजनामा भएको माघी मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले आफूलाई जनताले नै जिताएर मन्त्री भएको भन्दै जनताका हरेक समस्यामा एकाकार गर्ने बताएका हुन् ।

‘म जनताकै मतले जितेर मन्त्री भएको हुँ, जनताले मबाट धेरै अपेक्षा गरेका छन्’ उनले भने ‘म त्यो अपेक्षा पूरा गर्न मन्त्रालयको कामबाहेक अन्य समय जनताकै घरदैलोमा हुनेछु ।’ हरेक जनप्रतिनिधि जनताको घरमा नजाने गरेको गुनासो जनताले गर्ने गरेको भन्दै त्यो गलत भएको बताए । उनले जनताकै लागि राजनीति गर्नुपर्नेसमेत बताए । साथै उनले पश्चिम दाङको केन्द्र तुलसीपुर बनाउने आफ्नो योजना रहेको बताए । टरिगाउँ एयरपोर्ट नागरिक उड्डयन प्राधिकरण मातहत रहेकाले चालु वर्षमा प्रदेशबाट बजेट हाल्न नमिल्ने अवस्था रहेको भएपनि आगामी वर्ष प्रदेशले पनि अपनत्व लिने काम गर्ने गरी वातावरण तयार गर्ने बताए ।

त्यस्तै तुलसीपुरस्थित ग्वारखोला हाइड्याम्प निर्माण गर्न चालु वर्षमा बजेट विनियोजन गरेको बताए । त्यसलाई पूरा गर्न आगामी वर्षहरूमा पनि बजेट विनियोजन गर्ने उनको भनाइ छ । उक्त हाइड्याम्प निर्माण भएमा खानेपानीसँगै सिँचाइ, पर्यटन, वातावरणीय हिसाबले उत्तम हुने बताए । त्यस्तै उनले दाङको भूमिपूत्र थारूहरू भएकाले उनीहरूको जीवनस्तर सुधारका लागि आफूले ध्यान दिएको बताएका छन् । थारू राजा दंगीशरणले राज गरेको स्थानमा पर्यटनको केन्द्र बनाउन सकिने भन्दै सोही स्थानमा आफूले बजेट विनियोजन गरेको समेत मन्त्री मास्कीको भनाइ छ । त्यस्तै प्रदेशकै गौरवको रूपमा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुई सय शै्यया बनाउनका लागि ओएमएन सर्वेको काम भइरहेको भन्दै उक्त अस्पताललाई प्रभावकारी सेवा दिने अस्पतालका रूपमा विकास गर्ने बताए ।

त्यस अवसरमा पार्टीका प्रदेश कमिटी सदस्य तथा तुलसीपुर नगर इन्चार्ज प्रेमराज वली, सीता वली, तुलसीपुर उपमहानगर उपाध्यक्ष यज्ञबहादुर केसी, सचिव तुलाराम भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । वडा कमिटी अध्यक्ष मदन हमालको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस अवसरमा ११३ जनाले विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here