Friday, May 10, 2024
Homeसमाजसंसदीय पत्रकारहरूको क्षमता विकास कार्यक्रम

संसदीय पत्रकारहरूको क्षमता विकास कार्यक्रम

- Advertisement -spot_img

दाङ, २२ पुस । लुम्बिनीमा संसदीय पत्रकारहरूको क्षमता विकास कार्यक्रम सुरू भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर संघीयतालाई आर्थिक रूपले मात्रै नभएर राजनीतिक र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्ने बताएका छन् ।

संघीयतालाई बोझिलो र खर्चिलो भयो भन्ने टिकाटिप्पणी हुने गरेको भन्दै सभामुख घर्तीमगरले संघीयतालाई आर्थिक रूपमा नभएर जनसेवा र अधिकार प्राप्तिको आधारमा हेरिनुपर्ने बताए । प्रदेशसभालाई स्थापित गराउने कार्यमा संसदीय मामिला पत्रकार समाजको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले संघीयता स्थापित गराउने कार्यमा प्रदेशसभा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्वता ब्यक्त गरे ।

उनले माघको पहिलो हप्तामा संसदीय समितिको नेतृत्व चयन गर्ने र त्यसपछि प्रदेशसभा थप क्रियाशील हुने बताए । कार्यक्रममा उपसभामुख मेनुका खाँड केसीले संसद र संसदीय मामिला पत्रकार समाजबीच नङ र मासुको सम्बन्ध रहेको बताए । पत्रकारहरू दलीय संकीर्णता र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संसदका गतिविधि बाहिर ल्याउनुपर्नेमा जोड दिदै उनले संसदमा उठेका विषयवस्तुहरू जस्ताको त्यस्तै बाहिर ल्याउनुपर्ने बताए ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजकी उपाध्यक्ष अमृता अनमोल, कोषाध्यक्ष लक्ष्मण पोखरेललयायतले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारेका थिए । दुई दिनसम्म चल्ने कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन, संघीय संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्याल, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष अमृता अनमोललगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । यसैबीच संसदीय पत्रकारहरूको क्षमता विकास कार्यक्रमका साथै समाजको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here