Monday, April 22, 2024
Homeसमाजस्वागत तथा सम्मान कार्यक्रम

स्वागत तथा सम्मान कार्यक्रम

- Advertisement -spot_img

शान्तिनगर, १९ मंसिर । प्यूठानबाट सरूवा भई शान्तिनगर गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने अन्यथा दुरी टाढा बनाएर गएमा गन्तव्यमा पुग्न नसकिने बताएका छन् । सोमबार शान्तिनगर गाउँपालिकाले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत मल्लले शान्तिनगरका विभिन्न स्थानहरूमा सार्वजनिक शौचालयहरू निर्माण गर्नुपर्ने बताउँदै अधिकृत मल्लले फोहोर व्यवस्थापन गर्नपनि उत्तिकै आवश्यक रहेको बताए । अधिकृत मल्लले समृद्धिको यात्रामा अगाडि बढ्न सबै एकमत हुनुपर्नेसमेत बताए । आफ्नो यो दोस्रो कार्यकाल भएको बताउँदै कर्मचारीहरूलाई आफ्नो पदमा रहदासम्म इमान्दारितापूर्वक काम गर्नसमेत निर्देशन दिए ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष प्रेमा बुढाथोकी केसी, गाउँपालिकाका प्रवक्ता मिन बहादुर केसीलगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त कार्यकममा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, पत्रकार तथा स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो ।
सोमबार नै प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले विभिन्न शाखाको निरिक्षणसमेत गरे । यस अघिका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको पाँचथर कुम्मायक गाउँपालिकामा सरूवा भएको छ । उक्त स्वागत एवं सम्मान कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख कृष्ण कँडेलले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here