Wednesday, April 24, 2024
Homebreaking-newsअन्तर्राष्ट्रिय अपाङ्गता दिवस, बनेका ऐन कार्यान्वयनको माग

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, बनेका ऐन कार्यान्वयनको माग

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १८ मंसिर । अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी बनेका ऐनको सफल कार्यान्वयन हुनुपर्नेमा अपाङ्गता भएका व्यक्तिले जोड दिएका छन् । उनीहरूले अपाङ्गता भएका व्यक्तिको अधिकार सुरक्षित गर्न नीति राम्रो बनेपनि व्यवहारिकरूपमा कार्यान्वयन हुन नसक्दा सफल कार्यान्वयनको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् ।

३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आइतबार तुलसीपुरमा भएको कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिले बनेका नीतिनियमको सफल कार्यान्वयनको माग गरेका छन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष देवा डाँगीले कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधान २०७२ जारी भएपछि अपाङ्गता भएका व्यक्तिको पक्षमा धेरै कुरा उल्लेख भएपनि व्यवहारिक रूपमा पाउन नसकेको बताइन् ।

‘कागजमा अपाङ्गताको पक्षमा राम्रा नीतिनियम बनेका छन्, व्यवहारिक पक्ष फितलो छ’ उनले भनिन्– ‘अपाङ्गता भएका व्यक्तिले अहिले पनि विभिन्न ठाउँमा समस्या झेल्नुपरेको छ ।’ अपाङ्गता सम्बन्धित सेवा, सुविधा, सहुलियत र अधिकार प्रयोग गर्न परिचय पत्रलाई अनिवार्य गरिएपनि परिचयपत्र पाउने प्रणाली नै वैज्ञानिक बन्न नसकेको बताइन् ।

‘परिचयपत्र पाउने प्रणाली नै वैज्ञानिक छैन्’ उनले भनिन्–‘परिचयपत्र प्राप्त गर्न नै झन्जट हुँदा धेरै व्यक्ति पाएको अधिकारबाट बञ्चित हुनुपरेको छ ।’ यस्तै सुरेश विकले आफूहरूले पाइला–पाइला समस्या झेल्नुपरेको बताए । ‘सार्वजनिक यातायातदेखि सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिले समस्या भोग्नुपरेको छ’ उनले भने– ‘हाम्रो पक्षमा नीति धेरै बनेका छन्, व्यवहारिकरूपमा कार्यान्वयन पक्ष निकै कम हुँदा दुःख लागेको छ ।’

सरकारी कार्यालयसमेत अपाङ्गमैत्री नभएको उनले गुनासो गरे । ‘सरकारी कार्यालयसमेत अपाङ्गमैत्री छैनन्’ उनले भने–‘सरकारी कार्यालय अपाङ्गमैत्री नहुँदा ठुलो समस्या झेल्नुपरेको छ ।’ उनले अपाङ्गता भएका व्यक्तिको अधिकार रक्षाका लागि बनेका ऐन नियमको कार्यान्वयनको माग गरे । ‘हाम्रा पक्षमा बनेका ऐन नियमको व्यवहारिक कार्यान्वयन हुनुपर्छ’ उनले भने– ‘तीनै तहका सरकारले व्यवहारिक तवरले कार्यान्वयन गर्न तत्परता देखाउनुपर्छ ।’

अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरका हुमकान्त कँडेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुरक्षित थुप्रै ऐन, कानुन बनेपनि व्यवहारिक कार्यान्वयन पक्ष फितलो रहेको बताए । ‘संविधानमा निःशुल्क शिक्षा, सामाजिक न्यायको हक, सार्वजनिक सेवामा समान अधिकारको पहुँचलगायतका व्यवस्था छ’ उनले भने–‘व्यवहारिक रूपमा अझै पाउन पाउन सकिएको छैन् ।’

तुलसीपुर उपमहानगर–पालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बिगतको तुलनामा तुलसीपुरमा अपाङ्गता भएका व्यक्ति बढेको बताइन् । उनले पाँच वर्षअघि तुलसीपुरमा १ हजार ५ सय ७० रहेकोमा पछिल्लो समय ३ हजार बढी रहेको बताइन् । ‘अपाङ्गता भएका व्यक्तिको संख्या बढ्दै गएको छ’ उनले भनिन्– ‘उनीहरूको अधिकार सुरक्षित गर्न सबै जिम्मेवार बन्नुपर्छ ।’

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको हकहितका लागि आवश्यक बजेट व्यवस्थापन बनेका ऐन कानुनको कार्यान्वयनमा जोड दिने बताए । ‘स्थानीय सरकार अपाङ्गता भएका व्यक्तिको हकहितका लागि निरन्तर लागिरहेको छ’ उनले भने– ‘अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने सरकारको नीति छ, यसको कार्यान्वयन पक्षलाई थप अगाडि बढाएका छौँ ।’

नगर उपप्रमुख स्यानी चौधरीले अपाङ्गता भएका व्यक्तिको अधिकार सुरक्षाका लागि स्थानीय सरकारले आवश्यक नीति लिएको बताइन् । तुलसीपुर उपमहानगर–पालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले पछिल्लो समय खानपान र जीवनशैलीका कारण पनि अपाङ्गता बढ्दै गएको बताए । ‘अपाङ्गताको समस्या कतिपय मानवीय कारणले पनि हुन्छन्’ उनले भने– ‘सूर्तिजन्य र मादकपदार्थको सेवन नगरेमा अपाङ्गतालाई केही भएपनि नियन्त्रण गर्न सकिन्छ् ।

यसैबीच आइतबार ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यवद्धता’ भन्ने नारा तय गरिएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।

अपाङ्गता भएका व्यक्तिका अधिकारको विषयमा जोड दिँदै यो दिवस मनाइन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ छ । यसमध्ये पुरूष तीन लाख ५१ हजार ३ सय १ र महिला दुई लाख ९३ हजार ४ सय ४३ छन् । तथ्यांक अनुसार अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै शारीरिक अपाङ्गता भएकाहरू ३७.१ प्रतिशत छ ।

दिवसको अवसरमा तुलसीपुरमा पनि विभिन्न कार्यक्रम गरिएको छ । आइतबार बिहान दिवसको अवसरमा तुलसीपुरमा ¥याली निकालिएको थियो । ¥यालीले बजार परिक्रममा गरेको थियो । नगर उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काकोे प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण दोलख खत्रीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here