दाङ, ३० भदौ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर फेलोसिप खसी कप भलिबलको विजेता बनेको छ । फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसीपुर–५ ले आयोजना गरेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा हेलो मोबाईल सेन्टर तुलसिपुरलाई २६–२८, २१–२५, २५–२१, २५–१७ र १५–११ अर्थात् ३–१ को सेटमा पराजित गर्दै राप्ती किङ बिजेता बनेको हो ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर–६ को खेल मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा बिजेता बनेको राप्ती किङ ले २५ हजार बराबरको खसी तथा मेडल पुरस्कार हात पार्दा हेलो मोबाईल उपबिजेतामा सीमित रहदै मात्र मेडलमा चित्त बुझाउन बाध्य भएको आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु ऐरीले जानकारी दिए ।
भदौ २८ गतेदेखि सुरू भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । यसैबीच विजेता टिम तथा खेलाडीलाई आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु ऐरी, दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनार, भलिबलका राष्ट्रिय रेफ्री तथा ँक्ष्ख्द्यब् का लेवन वान कोच द्रोण चन्दलगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एचआर मगरले गरेका थिए ।