Wednesday, May 1, 2024
Homeमुख्य खबरमहिला टी–ट्वान्टी क्रिकेटमा नेपाल विजयी

महिला टी–ट्वान्टी क्रिकेटमा नेपाल विजयी

- Advertisement -spot_img

 

काठमाडौँ, १४ भदौ । मलेसियामा बिहीबारदेखि सुरू महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरूआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो ।

नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो । मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाइन् । नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २/२ तथा रूबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १/१ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाईन् । अप्सरी बेगमले १७ तथा कप्तान रूबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाकी एना हमिजाले २ विकेट लिईन् । यस प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् । दोसो खेलमा नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here