Friday, April 26, 2024
Homeमुख्य खबरजेसीज सप्ताह कार्यक्रम

जेसीज सप्ताह कार्यक्रम

- Advertisement -spot_img


दाङ, २१ जेठ ।
तुलसीपुर नगर जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । नगर जेसीजले विभिन्न कार्यक्रम गरेर जेसीज सप्ताह–२०२३ सम्पन्न गरेको हो । सप्ताहव्यापी कार्यक्रम जेठ १३ गतेदेखि सुरू भएको थियो । नगर जेसीजले पहिलो दिन नेपाल प्रेस युनियनसँग संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेको थियो ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिकराम वलीको अध्यक्षता एवं राप्ती बबई क्याम्पसका प्रमुख गणेश पार्देको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरी रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए भने सो कार्यक्रमको संयोजक जेसी भिमसेन थापाले गरेका थिए ।

दोस्रो दिनमा जेसीजका बारेमा जानकारी गराइएको थियो । जेसीजको सिद्धान्तका बारेमा जानकारी दिने उद्देश्यले मावि दोघरेमा ‘जेसीज इन द स्कुल’ कार्यक्रम सम्पन्न गरिएको थियो । जेसीजका अध्यक्ष सालिकराम वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइएको थियो ।

त्यसैगरी सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको थियो । जेसीजका अध्यक्ष सालिकराम वलीको अध्यक्षता एवं नेपाल यातायात व्यावसायी संघका केन्द्रीय सल्लाहकार सुरेश हमालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । सो अवसरमा १७ वटा टिमहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए ।

यसैगरी न्यायिक समितिसँग अन्तरक्रिया गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाकी न्यायिक समिति संयोजक स्यानी चौधरीको प्रमुख आतिथ्यतामा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कानुन विषयमा अध्यनरत करिव ७५ जना विद्यार्थीहरूले उक्त अन्तरक्रियामा भाग लिएका थिए भने बरिष्ठ सहजकर्ता सुशील बस्नेत, बरिष्ठ अधिवक्ता प्रदिप कुमार धिताल एवं ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुशान्त मिश्रले सहजीकरण गरेका थिए । सो अवसरमा विद्यार्थीहरूले न्यायिक समितिको काम, कर्तव्य र क्षेत्राधिकारका विषयमा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए ।

सप्ताहव्यापी कार्यक्रम–अन्तर्गत पाँचौ दिनमा ब्लड ग्रुपिङ क्याम्प गरिएको थियो । हिमाल एकाडेमी कक्षा १० मा अध्ययनरत एकसय १० जना विद्यार्थीहरूको रक्त समूह परिक्षण गरिएको थियो । जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं जनस्वास्थ्य निरिक्षक बसन्त कुमार आचार्यको प्रमुख आतिथ्यता तथा हिमाल एकाडेमीका हेडसर नवीन कुमार पराजुलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटलले गरेको थियो ।

छैटौँ दिनको कार्यक्रम एकदिने योग शिविर रहेको थियो । तुलसीपुर नगर जेसीजका अध्यक्ष सालिक राम वलीको अध्यक्षता एवं जिल्ला युवा महिला प्रवाहरी एवं मिडिया प्रवाहरी रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जेसीज परिवारहरूलाई योग प्रशिक्षण गराइएको थियो । सो अवसरमा तुलसीपुर नगर जेसीजका पूर्वअध्यक्ष सूर्यप्रसाद शर्मा, समाजसेवी दामोदर न्यौपाने, खिमलाल वलीलगायत जेसीज सदस्यहरूको उपस्थिति रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रमको सातौँ दिनमा तुलसीपुरमा स्लो बाइक रेस प्रतियोगिता सञ्चालन गरिएको थियो । जेसीजका नगर अध्यक्ष सालिकराम वलीको अध्यक्षता एवं जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख किरण मल्लको प्रमूख आतिथ्यता तथा जिल्ला युवा समितिका अध्यक्ष अरूण लहरेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना जगाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा २५ जना युवाहरूले भाग लिएका थिए । समापन कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्वअध्यक्षहरू झरेन्द्र खरेल, दिपेश भणडारी, बिमल पौडेल, अध्यक्ष सल्लाहकार पूर्ण विक्रम डाँगी, ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख तिर्थराज भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव सन्दिप भुसालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here