Friday, April 26, 2024
Homebreaking-newsसल्यानका ६ क्याम्पसमा निर्विरोध नेतृत्व चयन

सल्यानका ६ क्याम्पसमा निर्विरोध नेतृत्व चयन

- Advertisement -spot_img


हिमाल शर्मा
सल्यान, ३० फागुन ।
सल्यानका ६ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा निर्विरोध नेतृत्व चयन भएको छ । सल्यानमा रहेका ७ वटा क्याम्पसमा ६ वटामा निर्वाचन अगावै निर्विरोध नेतृत्व चयन भएको हो ।

जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी संगठनहरूले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सबै क्याम्पसमा सहमति गरेर जाने निर्णय गरेपनि केही क्याम्पसमा स्वतन्त्र उम्मेदवारी परेका छन् ।

सल्यान जिल्लामा क्रियाशील नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु एस, अखिल (क्रान्तिकारी) विप्लव निकट, राप्रवि संघ नेपाललगायतका संगठनहरूले संयुक्त विज्ञप्ति निकालेर क्याम्पसहरू सहमतिबाट नेतृत्व चुन्ने सार्वजनिक गरेका थिए ।

जसअनुसार नेपाली कांग्रेस निकट विद्यार्थी संगठन, नेविसंघलाई शिवजन क्याम्पस सितलपाटी र शारदा क्याम्पस शंखमुल, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) लाई बनगाड क्याम्पस बनगाड, फारूला बहुमुखी क्याम्पस फारूला र जनकल्याण क्याम्पस थारमारे यस्तै एमाले निकट अनेरास्ववियुलाई सल्यान बहुमुखी क्याम्पस खलंगा र एकीकृत समाजवादी निकट अनेरास्ववियुलाई कपुरकोट बहुमुखी क्याम्पस कपुरकोट भाग परेको थियो ।

जनकल्याण क्याम्पस थारमारेमा नेविसंघको आन्तरिक विवादका स्ववियुमा भाग लिन पाएन भने कपुरकोट बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेको छ । जिल्लामा भागबण्डा गर्दा एकीकृत समाजवादी निकट अनेरास्ववियुलाई भाग गरेकोमा दुईजनाको स्वतन्त्र उम्मेदवारी कायम रहेकोले निर्वाचनमा जानु परेको विद्यार्थी संगठनहरूले बताएका छन् ।

सभापतिमा सल्यान बहुमुखी क्याम्पसमा राजेश वली, शिवजन क्याम्पसमा बुलन्दबाबु सेजवाल, शारदा क्याम्पस एलिना श्रेष्ठ, जनकल्याण क्याम्पस थारमारेमा एकराज वली, फारूला बहुमुखी क्याम्पसमा बरूण न्यौपाने र बनगाड क्याम्पसमा अजय विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here