Wednesday, April 24, 2024
Homeमुख्य खबरसत्ता गठबन्धनको आयु राष्ट्रपति चुनावले तय गर्छ

सत्ता गठबन्धनको आयु राष्ट्रपति चुनावले तय गर्छ

- Advertisement -spot_img

दाङ, २८ माघ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि वर्तमान सरकार कायम रहनेमा आशंका व्यक्त गरेका छन् । शनिबार प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले अहिलेको गठबन्धन दीगो रूपमा जान नसक्ने तर्क गरेका हुन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आसय थियो ।

‘दलहरूले धरातलीय यथार्थलाई चाँडो बिर्सिए’ उनले भने, ‘सबैले मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ । त्यो क्षमता कांग्रेससँग छ । नेपाली कांग्रेस सत्तामा जानैपर्छ भन्ने छैन । आएको जिम्मेवारी हामी बहन गर्छौ ।’

अरू राजनीतिक दलले सत्ता सञ्चालन गर्दा संघीयता कार्यान्वयनमा चासो कम दिने र नेपाली कांग्रेसले उठाउँदै आएको मुद्दालाई कमजोर पार्ने खेल मात्रै भएको सिंहले टिप्पणी गरे । सुदूरपश्चिम प्रदेश सरकार ढलेजस्तै अरू ठाउँमा पनि स्थिति असहज बन्दै गएको हुँदा देशको नेतृत्व पुरानै गठबन्धनको हातमा आउन सक्ने सम्भावना बढ्दै गएको उनले दाबी गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here