Monday, April 22, 2024
Homebreaking-newsसुदूरपश्चिममा नयाँ मुख्यमन्त्री, एमालेका रावलले विश्वासको मत पाउन सकेनन्

सुदूरपश्चिममा नयाँ मुख्यमन्त्री, एमालेका रावलले विश्वासको मत पाउन सकेनन्

- Advertisement -spot_img

धनगढी, २७ माघ ।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनेको छ । एमाले माओवादी सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका राजेन्द्र सिंह रावलले सदनमा बहुमत सिद्ध गर्न नसकेपछि नयाँ सरकार बनेको हो । बिहीबार प्रदेशसभा बैठकले रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले जानकारी दिएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका थिए ।

उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि उनले अन्तिम दिनमा बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरू बैठकमा अनुपस्थित भएपछि रावलले विश्वासको मत नपाएका हुन् । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभईसम्म विश्वासको मत नदिने अडान लिँदै आएको छ । यो सँगै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाह कैलाली निर्वाचन क्षेत्र नं.२ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ । संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुने छ ।

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् भनिएको छ । यहि व्यवस्था अनुसार कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पुरानै समिकरण ब्यूझिने सम्भावना
सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि चुनावअघिको गठबन्धन ब्युँतिने संकेत देखिएको छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा नयाँ सरकार बनाउने तयारी भइरहेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले आफू कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताए ।

उनले भने, ‘हामी कांग्रेस सरकारमा सामेल भैहाल्छौं । सँगै चुनाव लडेर आयौं । हाम्रा भोटले कांग्रेस जित्यो, कांग्रेसका भोटले हामी जित्यौं । कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन माओवादी केन्द्र पनि सकारात्मक रहेको उनले बताए । उनले भने, ‘हामी माओवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । केन्द्रमा पनि नेताहरुबीच छलफल हो ।

सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ । कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुनेछ । नाउपाले साथ नदिए माओवादी केन्द्रको साथ शाहलाई अनिवार्य छ ।

सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँतिने सम्भावना पनि देखिन्छ । माओवादी केन्द्रका नेता खगराज भट्टले अब केन्द्रको निर्देशनअनुसार अगाडि बढ्ने बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको छ । केन्द्रमा पनि पुराना सत्ता गठबन्धन ब्युँताउने प्रयास भइरहेको छ ।

कांग्रेसका नेताहरू सुदूरपश्चिमबाट पुरानो गठबन्धन ब्युँताउने अभियान सुरु हुने बताउँछन् । सभापति शेरबहादुर देउवाको गृह प्रदेशसमेत रहेको सुदूरपश्चिमबाट कांग्रेसको सत्तारोहण गराउन नेताहरू सक्रिय छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here