Saturday, April 27, 2024
Homeसम्पादकीयसंस्कृतिको संरक्षण

संस्कृतिको संरक्षण

- Advertisement -spot_img

यतिबेला माघीको रौनक छ । थारू समुदायको अगुवाईमा विभिन्न क्षेत्र र स्थानमा माघ महोत्सव सञ्चालन भइरहेका छन् । थारू जातिको धर्म, संस्कृति संरक्षण भइरहेको महोत्सवले टेवा पु¥याउने छन् । नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश हो । विभिन्न जातजातिहरूले आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज अवलम्बन गर्दै आएका छन् । कतिले आफ्नो सस्कृतिलाई संरक्षण, विकास र प्रबद्र्धन गरिरहेका छन् भने कतिले आफूमा मात्र केन्द्रित गरेका छन् ।

देशका आमनागरिकले आफ्नो संस्कृतिको विकास होस्, सबैसामु चिनियोस् र संरक्षण पनि होस भन्ने चाहेको पनि हुन्छ । विभिन्न कारण र समस्याले त्यो सपना पूरा नभएको पनि देखिन्छ । समुदायमा अलि चनाखो व्यक्ति र पहुँच भएको व्यक्ति भए आफ्नो धर्म, संस्कृतिलाई पर्यटकीय विकासको रूपमा लैजान सक्छ भने नहुनेको संस्कृति जगेर्नामा समेत समस्या भइरहेको छ ।

परम्परागत शैली, भाषा, धर्म रितितिथिको इतिहासलाई बचाई राख्नु सम्बन्धित समुदायको मात्रै हैन राज्यको पनि कर्तव्य रहन्छ । अहिले नेपालमा धेरै जातजातिहरूले संस्कृतिमा विचलन आइरहेको अवस्थामा संरक्षणका लागि हुने प्रयासहरूले सकारात्मक प्रभाव पार्ने गर्दछन् । केही गतिविधिले धर्म, संस्कृतिलाई जोडेर आयआर्जनको बाटो र स्वरोजगारको पनि निर्माण गरेको देखिन्छ । पश्चिम नेपालमा थारू जातिको बाहुल्यता छ । थारूको आफ्नै भाषा, धर्म, संस्कृति पनि छ । थारूहरूको संस्कृति अरू जातिभन्दा फरक र आकर्षक हुँदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याइरहेको छ ।

थारू जातिहरूको संस्कृति संरक्षणसँगै अन्य जातिहरूको धर्म, संस्कृति संरक्षणका लागि विभिन्न योजनाहरूसमेत ल्याइरहेको छ । कति योजना कार्यान्वयनमा गएका छन् भने कति योजना कार्यान्वयनको चरणमा रहेका छन् । लुम्बिनी प्रदेश सरकारले अहिले जाति विशेष संस्कृति र परम्परा संरक्षण गर्नका लागि जिल्लागत रूपमा सांस्कृतिक ग्रामहरू निर्माण योजना अघि सारेको देखिन्छ । लुम्बिनी सरकाले सांस्कृतिक विकासका लागि यो नयाँ योजना ल्याएको देखिन्छ । प्रदेशका १२ जिल्लामा १२ सांस्कृतिक ग्रामको स्थापना भइरहेका छन् ।

सांस्कृतिक परिचय र विशेषतामा रहेर जातीय पहिचान दिन सक्नु राम्रो पक्ष हो । धर्म, संस्कृति र परम्परामा समस्या आइरहेको सन्दर्भमा यसको संरक्षण थालिनु सकारात्मक छन् । आफूसँग भएको वस्तु परिचालन गरेर नै आर्थिक विकास गर्ने हो । अहिले हामीसँग भएको वस्तु र सम्पत्ति भनेको संस्कृति हो । कल्चरलाई सहीरूपमा सदुपयोग र व्यवस्थापन गर्नसके मात्र संस्कृति संरक्षण हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here