Friday, April 26, 2024
Homeमुख्य खबरअपाङ्गमैत्री संरचना निर्माणमा जोड

अपाङ्गमैत्री संरचना निर्माणमा जोड

- Advertisement -spot_img

तुलसीपुर, १८ मंसिर ।
दाङको तुलसीपुरमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुर–७ स्थित मावि कालाखोलामा अन्तरक्रिया कार्यक्रम गरी ३१र्औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको हो ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले अपाङ्गमैत्री संरचना नहुँदा हरेक क्षेत्रमा समस्या हुने गरेको भन्दै गुनासो गरे ।

विद्यालय, अस्पताल, सवारी साधन, सरकारी कार्यालयलगायतका क्षेत्रहरू अपाङ्गमैत्री बन्न नसक्दा सहजै रूपमा सेवा लिनबाट बञ्चित भएको उनीहरूले बताए । अझैपनि अपाङ्गमैत्री संरचनाहरू नहुँदा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो हकअधिकार सहजै प्राप्त गर्न नसकेको गुनासो गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर जिसीले अध्ययन केन्द्रमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्दै आएको बताए । उनले व्यक्तिहरू सहयोग, गैरसरकारी संघसंस्थाहरूको सहयोगले मात्रै अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताहरू पूरा नहुने भन्दै स्थानीय सरकारले यसतर्फ विशेष ध्यान दिन जरूरी रहेको बताए ।

मानवअधिकार तथा शान्ति समाजका पूर्व उपसभापति एवं अधिवक्ता मोहन धितालले अपाङ्गता भएका व्यक्तिहरूलाई सँगसँगै लिएर विकास निर्माणको कामहरू गर्नुपर्ने बताए  । मुलुक संघीयतामा गइसकेको बताउँदै उनले अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र उनीहरूको समस्या समाधानतर्फ स्थानीय सरकारले ध्यान दिन जरूरी रहेको उल्लेख गरे । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सहजै सेवा प्रवाह गर्नसक्ने गरी संयन्त्रहरू निर्माण गर्नुपर्ने बताए ।

शान्ति समाज दाङ शाखाका संस्थापक सभापति एवं बरिष्ठ अधिवक्ता डिल्लीराज धितालले संवैधानिक व्यवस्थाअनुसारका सबै हकअधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा प्रदान गर्नुपर्ने बताए । हरेक नागरिकले पाउने अधिकार अपाङ्गता भएका व्यक्तिहरूले पनि सहजै प्राप्त गर्नसक्ने संरचनाहरू निर्माण गर्नुपर्ने राज्यको प्रमुख जिम्मेवारी रहेको बताए ।

राज्यले लिने करबाट अन्य विकास कटौती गरेर भएपनि अपाङ्गता भएका ब्यक्तिहरूका लागि अस्पताल र अपाङ्गमैत्री भौतिक संरचना बनाउन आग्रह गरे । उक्त कार्यक्रममा अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी, नेत्रहिन दाङकी अनिता थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरी, विद्यालयका प्रधानाध्यापक राजिव ओझा, समाजका सल्लाहकार तुल्सीराम सुनार, अध्ययन केन्द्रका यज्ञ विकलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

शाखा सभापति नवीन कुमार पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य शान्ति समाज दाङका कार्यसमिति सदस्य एवम अधिवक्ता मधुसुदन गौतमले गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अमृत शर्माले गरेका थिए । सो अवसरमा कार्यसमिति सदस्य तिलसरा पुनले बालबालिकाहरूलाई हस्तनिर्मित खेलौना वितरण गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here