Saturday, April 27, 2024
Homeमुख्य खबरआईएनएफको ७०औँ वार्षिकोत्सव

आईएनएफको ७०औँ वार्षिकोत्सव

- Advertisement -spot_img

दाङ, ३ मंसिर ।
आईएनएफ नेपालको ७०औँ वार्षिकोत्सव सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरू क्षेत्रमा रहेर काम गर्दै आएको आइएनएफले आफ्नो ७०औँ वार्षिकोत्सव सम्पन्न गरेको हो । दाङ शाखासहित देशभरसहितका विभिन्न शाखाहरूमा विविध कार्यक्रम गरी आफ्नो वार्षिकाकेत्सव मनाएको हो ।

आईएनएफ नेपाल दाङ शाखा प्रमुख कृष्ण वलीको अध्यक्षता, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवम् बबई गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्का र शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

आईएनएफ नेपाल दाङ शाखा प्रमुख कृष्ण वलीले संस्थाको इतिहास र भावी योजना प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गाउँपालिका कार्यालय, वडा कार्यालय, गैरसरकारी संस्था, बैंक, सहकारी, ओपीडी, मुख्य समिति, स्वयं सहायता समूह र लक्षित समुदायका व्यक्तिहरू गरि करिव ८० जनाको सहभागिता रहेको थियो ।

आईएनएफ नेपाल, दाङ शाखाका समावेशी पर्यवेक्षक सुशीला बिसीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन आईएनएफ नेपाल, दाङ शाखाका परियोजना पर्यवेक्षक चुलु चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here