Friday, April 26, 2024
Homebreaking-newsइतिहास रचेकी ‘निशा’

इतिहास रचेकी ‘निशा’

- Advertisement -spot_img


जीतसागर जी.एम.
दाङ, १४ साउन ।
नेपाली खेलकुद क्षेत्रमा एकसाता अघिदेखि चर्चामा आएको नाम हो निशा चौधरी । त्यसभन्दा अघि निशा नेपाली खेलकुदमा गुमानाम थिइन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ भेलाहीका १७ वर्षीया निशाले गत सातामात्रै काठमाडौँमा भएको १२औँ केन्द्रीयस्तरको रनिङ शिल्डमा लम्जम्पमा नयाँ कीर्तिमानी रचेकी छन् ।

राष्ट्रियस्तरको खेलमा पहिलोपटक सहभागी निशाले कीर्तिमानी बनाएपछि उनको नाम अहिले चर्चामा छ । निशाले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै दुई व्यक्तिगत र एक टिम प्रतिस्पर्धामा कीर्तिमान कायम गरेकी छन् ।

उनले छात्रा लङजम्पमा ५.४७ मिटर जम्प गर्दै कीर्तिमान बनाएकी हुुन् । उनले सन् २०१८ अप्रिल २३ मा शिला चौधरीले बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् ।

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै उनले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रह्यो । ४ गुणा १ सय मिटर रिलेमा निशाले रेशु थारू, रामकुमारी थारू र सम्झना थारूसँग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

तेक्वान्दो खेलाडीसमेत रहेकी निशाले खेल जीवन थालेको चार वर्षमै उनले राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाइन् । १३ वर्षकोे उमेरदेखि खेल्न सुरू गरेकी निशाले विना प्रशिक्षण राष्ट्रियस्तरको खेलमा कीर्तिमानी बनाएकी छन् ।

निशाले प्रतियोगिता सुरू हुँदासम्म कीर्तिमान आफ्नो नाममा लेखिन्छ भनेर ढुक्क थिइनन् । तर प्रतियोगितामा भाग लिएपछि आफूले कीर्तिमान बनाउँदा खेलक्षेत्रमा अघि बढ्ने हौसला मिलेको बताउँछिन् । ‘खेलाडी बनेर अघि बढ्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’ उनले भनिन्– ‘अब खेल प्रशिक्षण पनि लगत्तै लिदैछु ।’

विद्यालयबाट जिल्ला र प्रदेश छनोटमा परेर केन्द्रमै राष्ट्रिय कीर्तिमान बनाएपछि घर परिवारबाट पनि हौसला थपिएको उनको अनुभव छ । मध्यम वर्गीय परिवारमा हुर्केकी निशालाई आमाबुबाको पनि साथ राम्रो रहेको छ ।

‘घर परिवारकै कारण म अघि बढ्न सफल भएको छु’ उनले भनिन्– ‘बुबा रोजगारीको शिलशिलामा भारतमा हुनुहुन्छ, आमा घरकै काम गर्नुहुन्छ, तैपनि मलाई अघि बढ्न घर परिवारको निकै राम्रो साथ मिलेको छ ।’

उनको घर परिवारमा बुबाआमा, तीन दिदीबहिनी र एक भाइ छन् । उनको परिवारमा भाइ पनि विद्यालयबाटै फुटबल र एथलेटिक्स खेल्छन् । परिवारका आर्थिक अवस्था कमजोर भएपनि खेलक्षेत्रमा पाइला रोक्नुपर्ने अवस्था अहिलेसम्म नआएको उनको भनाइ छ ।

खेलकुदका लागि चाहिने सामग्री आमाबुबासँग नै पैसा मागेर किन्ने गर्छिन् । आमाबुवाले आफूसँग नहुँदा पनि छिमेकीसँग सापट मागेर भए पनि दिने गरेको उनी बताउँछिन् । निशा पनि पुरस्कारबाट आएको रकम परिवारलाई नै दिन्छिन् । आर्थिक अवस्था कमजोर भएपनि खेलकुद क्षेत्रमा पकड जमाउने उनको आशा छ ।

उनी हरेक दिन बिहान एथलेटिक्स अभ्यास गर्छिन् । उनको घरबाट प्रशिक्षणस्थल पुग्न धेरै समय लाग्छ । गाउँबाट सहरसम्म प्रशिक्षणमा आउन टाढा हुनाले उनी सेल्फ ट्रेनिङमा जोड दिन्छिन् । अहिले पनि तेक्वान्दोको प्रशिक्षणलाई निरन्तरता दिइरहेकी निशा अब भने एथलेटिक्सलाई मात्रै अगाडि बढाउने योजनामा छिन् ।

खेलक्षेत्रमा ठूलो सपना अझै नबनाए पनि राष्ट्रियस्तरमा खेलाडीको पहिचान बनाउने उनको सपना छ । उनी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीमा पनि छन् ।

नवौँ राष्ट्रिय खेलकुदमा पनि एथलेटिक्सबाटै खेल्ने मनसायमा रहेको हुँदा लगत्तै प्रशिक्षण लिने बताइन् । ग्रेट अरनिको मावि तुलसीपुरबाट १२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो । राष्ट्रिस्तरको प्रतियोगितामा भने उनको पहिलो सहभागिता हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here