Wednesday, April 24, 2024
Homeविचारस्थानीय नीति र प्रभावकारिता

स्थानीय नीति र प्रभावकारिता

- Advertisement -spot_img

दाङका दुई उपमहानगरपालिका तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उपमहनागरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा धेरै विषय र नाराहरू पुरानै देखिएका छन् । विषयवस्तु पुराना र केही नयाँ नारा लिइएको अवस्था पनि छ । जनप्रतिनिधि आएर नीति तथा कार्यक्रम ल्याए रहेका पाँच आर्थिक वर्षभन्दा यस पटकका कार्यक्रमहरूको तात्वीक फरक भने देखिएको छैन ।

यस पटकको कार्याक्रममा पनि त्यति भिन्नता देखिदैन । नीति तथा कार्यक्रम कर्मकान्डी मात्रै भन्दा प्रभावकारी जनमुखी र उपलब्धिमूलकको अपेक्षा हुनु स्वभाविक रहन्छ । तर परिणाममुखीभन्दा पूर्ववत अवस्था कै जस्तो देखिएको गुनासो आउनुले यसलाई केही सुधार गरेर लैजान जरूरी छ । नयाँ नीतिलाई कम प्राथमिकता है बढाउन सक्नुपर्छ । जुन यतिबेला प्राथमिकतामा पर्नुपर्ने हो त्यो कम महत्वमा परेका देखिएको छन् ।

जनप्रतिनिधि अनुसार योजना र नीति पनि फरक हुन्छन् । व्यक्ति अनुसार सरकारमा नीति फेरिन्छन् । दाङका स्थानीय तह र उपमहानगरपालिकामा पूर्ण रूपमा त्यो देखिएन । जुन विषयवस्तुले महत्व पाउनुपर्ने हो त्यो कम परेको देखियो जुन महत्वकांक्षी र स्थानीय सरकारबाट असम्भव प्राय देखिएका विषय बढी महत्वमा देखिएका छन् । स्वास्थ्य शिक्षालाई अहिलेको नीतिले फरक दृष्टीकोण लगाउनुपर्ने आवश्यक थियो ।

तर त्यो हुन नसक्नुले परम्परागत कार्यकै गति लिएको देखिन्छ । केही प्राथमिकतामा पर्नु राम्रो हो । कृषिमा आत्मनिर्भर भएको क्षेत्रमा कृषि प्राथमिकतामा पर्नु राम्रो पनि हो । तर नीतिमा प्राथमिकतामा पर्ने कृषि बजेटमा पनि प्राथमिकतामा पर्नुपर्छ । कार्यान्वयनमा पनि त्यहिअनुसार प्राथमिकतामा पर्नु जरूरी छ । संघीय संरचनापछि स्थापना भएका स्थानीय तहहरू स्वायत्त सरकार रूपमा छन् । तीन प्रकारको सरकारअन्तर्गत सबै जनताको पहुँचमा रहेको स्थानीय सरकार हो ।

दाङमा रहेका स्थानीय तहहरू मध्ये केहिले मात्रै अहिलेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आएको नीति कार्यक्रमले बजेटमा त्यो कुरा पक्कै पनि समेट्ने विश्वास गर्न सकिन्छ । सबैमा अपनत्व हुने नीति कार्यान्वयन गर्नसकेमा मात्रै यसले सार्थकता पाउँछ । केही कार्यक्रमहरू लोकप्रिय र जनतासँग जोडिएका पनि आएका छन् । स्थानीय सरकारले जनताको रोजाइमा कार्यक्रमहरू ल्याउनु राम्रो पक्ष हो । तर त्यो पक्षपातविहीन बनाइनुपर्छ । कार्यान्वयनलाई प्रभावकारी पनि बनाइनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here