Saturday, April 27, 2024
Homebreaking-newsझ्याप–झ्याप विद्युत सास्तीः कार्यलय प्रमुखको कार्यकक्षमा ताला

झ्याप–झ्याप विद्युत सास्तीः कार्यलय प्रमुखको कार्यकक्षमा ताला

- Advertisement -spot_img

तुलसीपुर ,५ असार । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यलयमा ताला लगाइएको छ । विगत लामोसमय देखि अनियमितता बढ्दै जाँदा उपभोक्ताहरु मारमा परेको भन्दै स्थानीय युवाहरुले विद्युत प्राधिकरण कार्यलय प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन् । कार्यलयको मुल ढोकामा ताला लगाएसंगै कर्मचारी र कार्यलय प्रमुख कार्यलयको भवनभित्रै थुनिएका छन् ।
विना जानकारी पटक–पटक विद्युत कटौती हुँदा आम उपभोक्ताले निकै सास्ती भोग्नुपरेको भन्दै तुलसीपुरका युवाहरुले आइतबार प्राधिकरणको कार्यालयको ढोकामा ताला लगाएका छन् । विभिन्न वाहनामा अघोषित लोडसेडिङ गर्नुभन्दा तालिका प्रकाशित गरी तथा सुचना जारी गरी विद्युत कटौती गर्न आग्रह समेत गरेका छन् ।


यसअघि प्राधिकरणमा देखिएको समस्यालाई तत्काल समाधान गरी विद्युतीय सेवा नियमित गराउन ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाइएपनि त्यसको कुनै सुनुवाई नभएकाले वाध्य भएर कार्यालयमा ताला लगाउनु परेको तुलसीपुर उपमहानगरपालिका–६ का बसन्त गिरीले प्रदेश टुडेलाई जानकारी दिए ।।
विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण उपभोक्ताहरुको दैनिक क्रियाकलापहरु प्रभावित भएको र विद्युतीय माध्यमबाट हुने कामबाजहरु ठप्प भएको भन्दै उनीहरुले ताला लगाएका हुन् ।

प्रत्येक ५–५ मिनेटमा हुने विद्युत कटौतीले आम उपभोक्ताहरु निकै समस्यामा परेको तुलसीपुर–६ बरुवा गाउँ निवासी डिल्ली बुढाथोकीले बताए । पटक–पटक विद्युत कटौती हुँदा पनि त्यसको समाधानका लागि चासो नदिने र प्राधिकरणको समस्या होइन भन्दै नागरिककको समस्यालाई वेवास्ता गरेको विरुद्ध तालावन्दी गरिएको उनीहरु बताउँछन् ।

तत्काल विद्युतीय सेवामा सुधार नभए थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरिने उनीहरुको भनाई छ । विद्युत सेवा प्रवाहमा देखिएका समस्याहरु तत्काल समाधान गर्न र विद्युतीय सेवा नियमित गर्नृपर्ने उनीहरुको माग । कार्यलय प्रमुख ज्ञान बहादुर फर्सालसंग वार्ताको समय कुरीरहेको उनीहरुको भनाई छ । हामिले प्रमुख र कायर्लयको मुल ढोकामा ताला लगाएका छौँ ,उनीहरुले भने–‘ कार्यलय प्रमुख आएर हामीसंग वार्तामा बस्नुहुन्छ भन्ने विश्वास छ, हामी उहाँको प्रतिक्षामा छौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here