Friday, April 26, 2024
Homebreaking-newsआर्थिक मन्दीले व्यवसायीलाई असर

आर्थिक मन्दीले व्यवसायीलाई असर

- Advertisement -spot_img

तुलसीपुर, १३ चैत ।
तुलसीपुर उद्याग वाणिज्य संघको २७औँ साधारणसभा शनिबार तुलसीपुरमा भएको छ । साधारण सभामा बोल्ने वक्ताहरूले आर्थिक मन्दीको पूर्ण असर उद्योगी व्यवसायीहरूमा परेको बताएका थिए । उनीहरूले आर्थिक मन्दीले व्यवसाय धरापमा पर्न थालेको भन्दै यसतर्फ राज्य र व्यवसायीहरू गम्भीर हुनु पर्ने अवस्था आएको बताए ।

तुलसीपुर उवासंघको २७औं वार्षिक साधारणसभा


नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरे । अध्यक्ष शर्माले आर्थिक मन्दीले व्यवसायीलाई समस्या बनाएको बताए । उनले आर्थिक मन्दीकै कारण महंगी बढ्न थालेको र व्यवसायी समस्यामा परेको भन्दै सरकारले निजी क्षेत्रसँगको समन्वय बढाएर व्यवसायीका समस्या समाधान गर्नुपर्ने बताए ।

‘आर्थिक संकट बढेको छ, बैंकले १८ प्रतिशत ब्याज पु¥याइसके’ उनले भने– ‘व्यवसायी आर्थिक संकटले व्यवसायीको उठिबास लाग्न थाल्यो ।’ यसलाई राज्यले सोच्नु त प¥यो नि । उनले विदेशमा बसेका युवाको रेमिट्यान्सले मात्रै व्यवसायीलाई अब सहज नबनाउने तर्क गरे ।

‘राज्यले रेमिट्यान्स, रेमिट्यान्स नभने हुन्छ, अब त रेमिट्यान्स पनि घटिसक्यो’ उनले भने– ‘विदेशमा रहेको छोरा वा श्रीमानले रकम पठाउँछ भन्ने दिन गए, अब त बरू बा–आमा, श्रीमती र परिवारलाई छोराले विदेशतिर नै लैजान्छ, अनि कहाँबाट रेमिट्यान्सले साथ दिन्छ ।’ अध्यक्ष शर्माले राज्यले व्यवसायीबाट राजस्व लिनेमात्र नभई व्यवसाय सञ्चालनमा सहजता ल्याउनुपर्ने बताए ।

‘मोवाइल चलाउँदैमा सबै जानेका छन्, भन्ने हुन्छ र ? व्यवसायीहरू कर बुझाउन कर कार्यालय जाँदा राजस्व कार्यालयहरूमा सास्ती खेप्नुपर्ने अवस्था रहेको कृष्ण प्रसाद शर्माले बताए ।

‘निजी व्यवसायीबाट राज्य सञ्चालन भइरहेको छ’ उनले भने– ‘तर व्यवसायीका बाध्यता राज्यले सम्बोधन गर्न सकेको छैन्, व्यवसायीका समस्या राज्यले सम्बोधन गर्न सक्नुपर्छ ।’ राज्य सञ्चालन गर्ने नेता र कर्मचारीले व्यवसायीको समस्यामा चासो नदिँदा समस्या उत्पन्न भएको उनको भनाइ छ । ‘म राज्य सञ्चालन गर्ने नेता र कर्मचारीलाई आग्रह गर्न चाहन्छु, व्यवसायीका कुरा पनि सुनिदिनुस्’ उनले भने– ‘तर हामीहरूका कुरा राज्यमा बस्नेहरूले सुन्ने चेष्टा निकै कम गर्ने गरेका छन् ।’
शर्माले कर शिक्षाको अभावमा व्यवसायीले समस्या भोग्न बाध्य भएको उल्लेख गरे । ‘राज्यले कर शिक्षा दिने दायित्व हो तर व्यवसायीले त्यस्तो किसिमको सेवा कहिले पनि पाउने गरेका छैनन् ।’ उनले भने– ‘मोवाइल चलाउँदैमा सबै जानेका छन्, भन्ने हुन्छ र ? उनले व्यवसायीहरू कर बुझाउन कर कार्यालय जाँदा राजस्व कार्यालयहरूमा सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए । उनले समग्र सम्पूर्ण उद्योगी, व्यवसायी तथा व्यापारीको मात्र होइन सबै पक्षको हकहितका लागि काम गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय प्रमुख कोइरालाले व्यवयायीले राज्यलाई बुझाउने करमा कन्जुस्याइँ गर्ने गरेको बताए । ‘धेरै व्यवसायीले आम्दानी अनुसारको राज्यलाई कर बुझाउने गरेका छैनन््’ उनले भने– ‘व्यवसाय अनुसारको कर बुझाउन व्यवसायी तयार भएपछि मात्रै लक्ष्यअनुसारको राजस्व संकलन हुन्छ ।’

कर अनलाइनमार्फत बुझाउन सकिने भएपनि धेरै व्यवसायीमा ज्ञानको कमी भएको उनले बताए । ‘व्यवसायीले मोबाइल चलाउन जान्नुहुन्छ, फेसबुक, युट्युब, टिकटक चलाउन जान्नेले कर बुझाउने एप्सबारे जानकारी नहुनु लाजमर्दो कुरा हो’ उनले भने– ‘स्मार्ट मोबाइल चलाउने व्यवसायीले स्मार्टमार्फत कर भुक्तानी गर्नसके समस्या धेरै समाधान हुन्छ ।’

सभामा नेपाली काँग्रेस दाङका सहसचिव राजु आचार्य, नेकपा एमालेका जिल्ला सदस्य मानबहादुर रावत, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरेले स्वदेशी उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताए ।

साधारण सभामा संघका महासचिव विनिल केसीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष देवबहादुर केसीले आर्थिक प्रतिवेदन पेश गरेका हुन् । साधारणसभामा महत्वपूर्ण भूमिका निभाएको भन्दै विभिन्न व्यवसायी तथा विद्यार्थीहरूलाई सम्मानसमेत गरिएको हो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, पत्रकार खेमराज रिजाललगायतका वक्ताहरूले राज्य सञ्चालनमा व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताए । संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता तथा प्रदेश अध्यक्ष शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण महासचिव विनिल केसीले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here