Sunday, April 21, 2024
Homebreaking-newsएकैदिन १५ संक्रमितको मृत्यु

एकैदिन १५ संक्रमितको मृत्यु

- Advertisement -spot_img

दाङ, १३ माघ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिस्तारै उकालो लाग्दै गएको छ । कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि प्रतिदिन बढ्दै गएको छ । बिहीबार मात्रै देशभरका १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६ सय ८७ पुगेको छ । यसैगरी नेपालमा बिहीबार थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ७ सय ३६ जनाको पिसिआर परिक्षणमा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परिक्षण गर्दा २ हजार २ सय १ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण हुने कुल संक्रमितको संख्या १० लाख ६२ हजार १ सय ५ पुगेको छ । यसैगरी बिहीबार देशभरका ५ हजार २ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ८ लाख ३७ हजार ४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित छन् ।

जसमध्ये ८८ हजार ६ सय ४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २ सय ५७ जना आइसियु र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १ सय ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here