Sunday, April 21, 2024
Homeराशिफलआजको राशिफल

आजको राशिफल

- Advertisement -spot_img

मंसिर २३ गते बिहीबार
मंसिर शुक्लपक्ष षष्ठी तिथि धनिष्ठा नक्षत्र
नेपालमा सूर्योदय ६ः४४ सूर्यास्त ५ः०७

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आम्दानी थोरै भए पनि आर्य आर्जनमा ठिकै रहला । रिस मान्नेहरुबाट कार्यमा बाधा रहनेछ । तपाईको परिश्रमबाट अरुलाई फाइदा रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अवसर प्राप्त रहनेछ तर विचार गरेर हात हाल्नु होला । अवसर वादीले समस्या गराउन सक्नेछन । आशा देखाउने वाट धोका रहेको छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
नसोचेको कार्यमा सफलता रहनेछ । सानो प्रयासबाट ठुलो सफलता रहनेछ । सामाजिक कार्यमा मन जानेछ । व्यवसायमा सफलता रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
ससाना काममा समय बढी बित्नेछ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । शैक्षिक क्षेत्रमा केही समस्या रहनेछ । व्यावसायमा उतावचडाव रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । धैर्यताको साथ काम लिने बेला भएको छ । व्यवसाय तथा आयआर्जनमा सफलता रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफ्नो कार्यमा अरुले अवसर लिन खोज्नेछन् । आर्थिक क्रियाकलापमा सावधानी पूर्वक अगाडि बढ्नु होला । अनावश्यक दौडधुप रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पढाई लेखाईमा समय दिन नसकिला । व्यापार, व्यवसाय गरेका लागि फाइदा मध्ययम रहनेछ । नवीन काम अगाडि बढाउन समस्या रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
हतारको निर्णयबाट समस्या रहनेछ । पारिवारीक समस्या रहनेछ । नयाँ कार्य विस्तारै अगाडि बढाउनु होला । आएको अवसर सुरक्षित गर्नुहोला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
सहयोगीबाट धोका रहनेछ । सन्चित रकम खर्च गर्ने बेला रहेको छ । पारिवारीक असझदारी रहनेछ । मेहेनतबाट सफलता रहेको देखिन्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
कार्यमा केही रोकावट रहनेछ । तपाईको कमजोरी माथि कुरा चल्नेछ । बोल्दा विचार गरी अगाडि बढ्नु होला । बोलिको फरक अर्थ लाग्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
रोकिएका कामहरु सम्पादन हुनेछ । पारिवारीक भेट बढ्नेछ । स्वादिस्ट भोजनको आनन्द मिल्नेछ । आर्थिक लाभ हुने कार्यमा लाग्नुपर्नेछ ।

मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
आफन्तमा असझदारी बढ्नेछ । बाहिरी कार्य वा विदेश क्षेत्रबाट लाभ रहनेछ । यात्रा मुलक समय देखिन्छ । प्रतिस्पर्धाबाट केही लाभ रहनेछ ।

वास्तु ज्ञान

मलमूत्र त्याग गर्ने स्थान कुनै पनि दिशाको केन्द्रमा हुनुहुँदैन ।

शुची गर्ने स्थानलाई शौचालय भनिन्छ । मलमूत्र त्याग गर्ने स्थान घर भन्दा बाहिर वा भित्र नै भए पनि कुनै पनि दिशाको केन्द्रमा हुनु हुदैन । नैऋत्य र पश्चिमको बीच भागमा वा वायव्य र पश्चिमबीच वा नैऋत्य र दक्षिणमाझ हुनुपर्दछ । पूर्व वा उत्तर फर्केर शौच गर्ने व्यवस्था गर्नुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here