Friday, April 26, 2024
Homeसम्पादकीयबेसहारा कोइलाबास

बेसहारा कोइलाबास

- Advertisement -spot_img

सम्पादकीय
दाङको कोइलावासा नाका कुनै समयको व्यापारिक थलो हो । व्यपारिक रूपमा व्यस्त कोइलावास अहिले बेसहाराजस्तो सुनसान बनेको छ । वर्षौअघि बनेका संरचनाहरू अहिले जीर्ण अवस्थामा अवस्थामा छन् । गाउँ–गाउँमा सडक र बजारको विस्तारसँगै कोइलाबास बजार अहिले खण्डहर बनिरहेको छ ।

नेपाल–भारत सीमा नाकासमेत रहेको कोइलाबासमा पछिल्लो समय फेरि चहलपहल बढ्ने विश्वास र आश त गरिएको छ तर अवस्था सुधार भने हुन सकेको छैन । बजारमा किनमेलका लागि होइन्, बाबुबाजेले नुनदेखि सुन किनेको ठाउँ भनेर बजार अवलोकनका लागि जानेहरूका कारण चहलपहल केही मात्र बढेको देखिन्छ । व्यवसायिक हैन पर्यटकीयस्थल जस्तै हुने प्रयासमा कोइलावास छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ३३ किलोमिटर रहेको कोइलाबास बजार पुग्न सडकको संरचना पक्की बनेपछि चहलपहल बढेपनि कोइलाबास बजार अझै व्यवसायिक केन्द्रको रूपमा विकास हुन नसक्नु दुर्भाग्य नै हो ।

कोइलाबास बजार अहिले सुनसान मात्र होइन् अभावै–अभावमा छ । शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानीलगायतका कुरामा पीडित छ । यी विषयहरूमा स्थानीयले सास्ती पाउँदै आएका छन् । नेपालकै तेस्रो ठूलो नाकाका रूपमा रहेको कोइलाबास खण्डहर बन्दै जाँदासमेत पूर्ववत अवस्थामा फर्काउने प्रयास देखिदैन ।

सडकको विस्तारसँगै स्थानीयलाई अहिले बजार पुरानै अवस्थामा फर्किन्छ कि भन्ने आशा लाग्न थालेको छ । तर स्थानीय त्यसमा विश्वस्त देखिएका छैनन् । तीन÷चार दशकअघिको कोइलाबासको जवानी फर्किन सकेमा आफूहरूको जीवनस्तर पनि उठ्ने आशामा स्थानीयको हुनु स्वभाविक हो । तर त्यो यहि अवस्थामा सम्भावना कम देखिन्छ । अभावै–अभावमा रहेको कोइलाबास नाकालाई तत्काल पुरानै अवस्थामा फर्किने सम्भावना राज्यमा निर्भर छ ।

लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा स्थापना भएसँगै कोइलाबासले पुनर्जीवन पाउने विश्वास दंगालीमा छ । पर्याप्त सम्भावना बोकेको कोइलाबास मुख्य राजमार्ग अर्थात् देउखुरी उपत्यकासँग नजिक भएका कारण अब नाकालाई सञ्चालनमा ल्याउन आवश्यक देखिन्छ । नाकामा भएका विविध समस्यालाई तीनै तहका सरकार मिलेर समाधान गरी कोइलाबासलाई पुरानै स्थितिमा फर्काइनु पर्छ । बाह्य पर्यटनको संख्या बढाउन पर्याप्त रहेका हिमशृंखलामा आकर्षक र लोभलाग्दा संरचना बनाउन पनि त्यतिकै आवश्यक छ ।

नाकालाई चलायमान बनाएर करोडौंको राजस्व संकलन गर्न सकिने भएका कारण पनि नाका सञ्चालनमा ल्याउन तत्काल पहल देखिएको छ । भत्किएका संरचनालाई पुनर्निर्माण वा बस्ती एकीकरण गरी आवश्यक सम्पूर्ण पूर्वाधारको निर्माण गर्न सरकारको ध्यान जान जरूरी छ । पुनः कोइलाबासलाई प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास गर्न सकेका विकासमा पनि ठूलो सहयोग पुग्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here