Saturday, April 27, 2024
Homeसम्पादकीयखाद्यमा खसी बोका

खाद्यमा खसी बोका

- Advertisement -spot_img

सम्पादकीय
कार्यालयहरूका आ–आफनै उद्देश्य, नीति र लक्ष्य हुन्छन् । सरकारी तथा अर्ध सरकारी कार्यालयहरूले कार्यक्षेत्र पनि प्रष्ट रूपमा देखाइएको हुन्छ । लक्ष्य प्रातिका लागि कार्ययोजनाहरू अघि बढाइरहेका हुन्छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङले पनि नियमित काम गर्दै आएको छ । कार्यालयले विगतदेखि नै नागरिकहरूलाई सहुलियतमा चामल दिइरहेको अवस्थामा दशैं र तिहार लक्षित गरेर किसानका खसी बोकाको पनि बजार ब्यवस्थापन गरिदिदा किसानलाई बजार व्यवस्थापनमा राहत भएको छ । यस वर्षको दशैं अघि कार्यालयले दाङमा ६ सय खसी बोका खरिद गर्न लाग्नुले यसले आफ्नो नियमित कामलाई निरन्तरता दिएको देखाउँछ । तुलसीपुरका मुख्य कार्यालय स्थापना गरेको कम्पनीले जिउँदो खसी बोकाको नयाँ दररेट समेत कायम गरेर खरिद बढाएको छ ।

चामल मात्रै बेच्दै आएको खाद्यले किसानको बजारलाई पनि सहज गराउने प्रयास गर्नु किसानहरूका लागि उपयोगी मान्न सकिन्छ । खाद्य कम्पनीले विगतदेखि नै किसानले पालेका खसी बोका खरिद गरेर काठमाडौं पठाइ रहेको छ । त्यो कार्य यो वर्ष पनि निरन्तर देखिएको छ । ६ सयभन्दा बढी खसी बोका खरिद गरेर काठमाडौं पठाउने निर्देशन आएपछि कार्यालयले यस वर्ष पनि यो काम गरेको हो । यो कार्य आमउपभोक्ता र किसानका लागि राम्रो मान्न सकिन्छ । मूल्य र बजार नपाएका किसानले बजार पाउने भए भने दशैंलाई मासु सहज बनाउन नसकेका उपभोक्ताहरूलाई सुपथ मूल्यमा खसी बोका उपलब्ध हुने व्यवस्था भयो । जिल्लाका किसानहरूबाट यसै सातादेखि खरिद सुरू गर्ने र सोहि दिन काठमाडौं पठाइने योजना खाद्यको छ । स्थानीयस्तरमा कसैले खरिद गर्न चाहेमा पनि त्यो उपलब्ध हुन्छ । गत वर्षभन्दा अहिले खरिदको दररेट पनि बढाइएको छ । वैज्ञानिक मूल्य निर्धाण गरेर कारोबार गर्न लागेको तर्कसमेत खाद्यको आउने गर्दछ ।

यस वर्ष जिल्लामा तौल अनुसार खसी बोकाको मूल्य फरक–फरक तोकिएको छ । २५ केजीभन्दा माथिको खसी प्रतिकेजी ५६५, २० देखि २५ केजीसम्मकोलाई ५५०,र बोका प्रतिकेजी ५४५ रूपैयाँमा मूल्य तय गरिएको छ । यसले किसानलाई फाइदा गराएको छ ।

खाद्य संस्थानदेखि कम्पनीसम्म आफ्ना कार्यालयका ढाँचा फरक होलान तर उद्देश्य उही देखिएको छ । दुर्गम र पहाडी जिल्लाको खाद्यान्न आपूर्तिलाई सहज बनाउने मुख्य ध्येयसँगै किसानको बजारीकरणमा समेत सहयोग गर्न थाल्नु राम्रो पक्ष हो । किसान र उपभोक्ताका लागि खरिद बिक्रीको माध्यम खाद्य संस्थान बन्दा दुवैलाई फाइदा देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here