Monday, April 22, 2024
Homeफिचरखुला फुटबल प्रतियोगिता

खुला फुटबल प्रतियोगिता

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ९ असोज । तुलसीपुर–१२ टरिगाउँमा आज शनिबारदेखि खुला प्रतियोगिता २०७८ सुरू हुन लागेको छ । टरिगाउँ युवा क्लवको आयोजनामा जिल्लाकै सबैभन्दा बढी पुस्कार राशी भएको प्रतियोगिता सञ्चालन हुन लागेको हो । उद्घाटन खेलमा टरिगाउँ युवा क्लव र रोयल बिजौरीबीच प्रतिपर्धा हुनेछ ।

स्थानीयस्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र खेलाडीको पहिचान विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष कबिन रजौरेले जानकारी दिए । कोरोनाका कारण ठप्प भएको खेल क्षेत्रलाई चलायमान बनाउनका लागि स्वास्थ्य सुरक्षा मापदण्डसहित उक्त प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने समूहलाई नगद १ लाख १५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुनेलाई नगद ५० हजार, मेडल तथा प्रमाणपत्र र तृतीय स्थान प्राप्त गर्ने समूहलाई नगद २० हजार प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ ।

यसैगरी ब्यक्तिगत विधातर्फ प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कारले पुस्कृत गरिनेछ  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here