Saturday, April 27, 2024
Homeराजनीतिएमालेको विधान महाधिवेशन असोज १५–१७ गते

एमालेको विधान महाधिवेशन असोज १५–१७ गते

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौँ, २७ भदौ । नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५, १६ र १७ गते काठमाडौँमा हुने भएको छ । एमाले स्थायी समितिले असोजमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य, केन्द्रीय अनुशासन आयोगका समिति लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ नागरिक मञ्चका पदाधिकारी, जिल्ला कमिटी र पदाधिकारी, भूगोलमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक महिला सदस्यसहित दुईजना, प्रतिनिधिसभा, राष्ट्रियसभाका सदस्यहरू पनि विधान अधिवेशनमा सहभागी हुन पाउने एमाले स्थायी समिति बैठकले निर्णय गरेको छ ।

यस्तै केन्द्रीय विभागका सचिवसहित १५ सदस्यीय, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, जनसंगठनका पदाधिकारीलगायत संगठनबाट महाधिवेशनमा सहभागी हुन पाउने बैठकले निर्णय गरेको छ । विधान महाधिवेशनमा जम्मा ३ हजार प्रतिनिधिले भाग लिनेछन् । यसअघि एमाले स्थायी समितिले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here