Friday, April 26, 2024
Homebreaking-newsसडकमा ज्यानमारा खाल्डा, घोराही–तुलसीपुर सडक

सडकमा ज्यानमारा खाल्डा, घोराही–तुलसीपुर सडक

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १३ साउन । ‘साँझमा फर्किन्छु, म आज अलि ढिला हुन्छ होला’ भनेर सोमबार बिहान घरबाट निस्केका चूडामणि भण्डारी मंगलबार बिहान मृत अवस्थामा भेटिए । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–७ पर्सेनीमा सडक बनाउन खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा भण्डारीको निधन भयो ।

तुलसीपुर–१० राइखलियानका भण्डारी दुर्घटनामा परेपछि उनको परिवार र गाउँनै शोकमा छ । ‘घरमा वृद्धआमा, श्रीमती र छोराछोरीमा रूवाबासी छ, तर अब भाइ कहिल्यै नफर्किने गरी गएको छ’ मृतक भण्डारीका दाजु डिल्लीबहादुर भण्डारीले भने– ‘सडक चौडा बनाउनका लागि खनिएको खाल्डो भाइका लागि पासो बन्यो, अलपत्र सडकमा अझै कतिले मृत्युवरण गनुपर्ने हो ?’ मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा परेका भण्डारी करिब १० महिना अघिमात्रै विदेशबाट फर्किएका थिए ।

उनको मृत्युपछि वृद्धआमा, दुई छोरा, एक छोरी र श्रीमती शोकमा डुबेका छन् । ‘साँझमा फर्किन्छु भनेर सोमबार बिहान घरबाट निस्केको भाइ मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि परिवार विचल्लीमा परेको छ’ उनले भने–‘सडकको दुरावस्थाका कारण हामीले भाइ गुमाएका छौँ, यहि अवस्थाले कतिले अझै मृत्युवरण गर्नुपर्ने हो खै थाहा छैन् ?’

सडक मर्मतका नाममा खनिएको खाल्डामा परेर बैशाखमा एकजना सशस्त्र प्रहरी गम्भीर घाइते भए । मोटरसाइकलमा सवार उनी खाल्डोमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भए । असार ३ गते घोराही उपमहानगरपालिका वडा नम्बर १६ कपासेबगियामा रा १ त ३२५९ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय ७० वर्षिय खलवीर बस्नेतको मुत्यु भएको थियो । साँघुरो सडकका कारण सडकमा पैदल हिडिरहेका बस्नेतलाई ट्याक्टरले ठक्कर दिएको थियो ।

सडकमा खाल्डाखुल्डी छन् । ठाउँ–ठाउँमा निर्माण सामग्री थुपारिएको छ । फोरलेन सडक अहिले टु लेन पनि नहुँदा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

यस्तै बैशाख १९ गतेमात्रै बुटवलदेखि तुलसीपुर आउँदै गरेको जीपको ठक्करबाट टिप्पर चालकको मृत्यु भएको थियो । रा १ च ११३१ नम्बरको जीपले रा १ ख २१९७ नम्बरको टिप्परलाई ठक्कर दिँदा टिप्पर चालक राप्ती गाउँपालिका वडा नम्बर ३ का ४३ वर्षिय धनुलाल चौधरीको मृत्यु भएको थियो ।

सडक निर्माणले गति लिन नसक्दा अस्तव्यस्त सडकमा पछिल्लो समय दुर्घटना हुन थालेको तुलसीपुर–७ का पर्सेनीका रमेश रेग्मीले बताए । ‘सडकको स्तरोन्नती हुन्छ भनेको तीन वर्ष भयो, तर अहिले स्तर त झन् घट्न पो छ ।’ उनले भने– ‘निर्माणाधिन सडक खाल्डाखुल्डी र निर्माण सामग्रीका कारण दुर्घटनाको जोखिम बढेको छ ।’

फोरलेन बनाउन दुई वर्षअघि निर्माण थालिएको सडक अहिले अलपत्र बनेको छ । सडकमा खाल्डाखुल्डी छन् । ठाउँ–ठाउँमा निर्माण सामग्री थुपारिएको छ । फोरलेन सडक अहिले टु लेन पनि नहुँदा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बितेको चार महिनामा मात्रै घोराही तुलसीपुर सडकमा चारजनाले मृत्युवरण गर्नुपरेको छ भने १९ जना घाइते भएका छन् ।

चार महिनामा दशवटा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी थम्मन जिसीले बताए । ‘फोरलेन सडक निर्माणाधिन अवस्थामा हुँदा पछिल्लो समय साँघुरो छ, ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन्, निर्माण सामग्री थुपारिएको छ, त्यसकारणले सडकमा सवारी आवागमनमा समस्या हुने गरेको छ’ उनले भने– ‘अस्तव्यस्त सडकका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ ।’

भारतीय एक्जीम बैंकको सहयोगमा फोरलेन शुरू भएको हो तर भारतीय कम्पनीले नेपाली प्रतिनिधि अनुप पाण्डेलाई दिएको थियो । कोरोना महामारीको कारण देखाउँदै फोरलेन सडकको काम तीन वर्ष हुँदा जम्मा सात प्रतिशत काम भएपछि पछिल्लो समय फेरि दोर्ण दुलालले जिम्मा पाएका छन् । उनले करिब १८ महिनामा काम सम्पन्न गरिसक्ने प्रतिवद्धता गरेका छन् । एकपछि अर्कोलाई जिम्मेवारी सुम्पने भारतीय कम्पनीले लापरवाही गर्दा नेपालीले सवारी दुर्घटनामा मृत्युवरण गर्नुपरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here