Saturday, April 27, 2024
Homeफिचरयोद्धा

योद्धा

- Advertisement -spot_img

जलिरहेछ,
हरदम हर घडी मरेर पनि
धारमा टेकी रहेछ
अपत्यारिलो तरिकाले
अर्थहीन र अन्धविश्वास
बोकी जोशले
ताकि रहेछ उसकै
छाती माथि ।

सोच्दैन कि बुझ्दैन
कस्तो परिस्थिति त्यही माथि
अर्धकट्टी झै जिन्दगी
विवश छ बोकी क्रोध अति
भ्रष्ट देश र कानुन
उस्तै छ जनताको मति
धारिलो हतियारले झै
छियाँ–छियाँ हुँदैछ
मेरो देश र योद्धाको
चिनारी साँच्ची ।

बलेको आगो
ताप्ने छन् हर कोही
युद्ध चल्ने छ
अब योद्धा–योद्धा समेटी
खोक्रो हुदैनन् अब कोही
रेमिटेन्सले चलेको देश यही
भ्रष्टाचारै भ्रष्टाचारले भरिपूर्ण
कहिलेसम्म यस्तो खै !

योद्धाको काममा
बाधा अड्चन गरिन्छ
उस्तै परे ज्यानै मार्न तम्सिन्छ
विशाल देश हो भनी नामकरण
भाषण दिने त्यी मूर्खहरू नै
घुस खोरीको प्रथम श्रेणीमा
आगो नै आगोको राप उस्तै
योद्धा अर्थ नै अटल र सक्षम ।

राहदानी छातीमा टाँसेर
कहानी बनेर बसेको छ सस्तै
आँसुका धाराको
के मोल रह्यो र खै !
बोक्रे सरकारमा जो..
आए पनि त्यै
हात्ती आयो हात्ती
फुस्सा किस्सा मै बित्ने भो
योद्धाको कहानी नै ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here