Saturday, April 27, 2024
Homeसमाजविपन्नको घर बनाउँदै नेकपा विप्लवे

विपन्नको घर बनाउँदै नेकपा विप्लवे

- Advertisement -spot_img

दाङ, ६ साउन । असहाय, विपन्न तथा सुकुम्बासीहरूका लागि विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी, दाङले घर निर्माण गर्दै आएको छ । आर्थिक अवस्था कमजोर भएका नागरिकहरूका लागि घर निर्माण गर्दै आएको पार्टीले मंगलबार लमही नगरपालिका–३ जखेरा टिकुलीगढ सुकुम्बासी बस्तीमा बसोबास गर्ने रूकमान चौधरीको घर निर्माणको काम सुरू गरेको छ । घर निर्माण कार्यको शिलान्यास समेत गरिएको । चौधरी बसिरहेको घर जीर्ण भएकाले नयाँ घर निर्माण गर्न थालिएको हो ।

मंगलबार घर शिलान्यास गर्दै नेकपा दाङका विशेष कमिटी सदस्य विक्रमले समाजलाई सामूहिक चेतनाको विकास गर्दै वैज्ञानिक समाजवादी मोडेल अनुसार पार्टीले जनताका घर टहरा निर्माण गर्ने अभियानमा लागेको बताए । वैज्ञानिक समाजवादी राज्य व्यवस्था जनताको, गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था भएको उनको भनाई छ ।

कार्यक्रममा दाङ जिल्ला सेक्रेटरी प्रदिपले आफूहरू नयाँ ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अवलम्बन गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढ रहेको बताए । आफूहरूले सञ्चालन गरेको क्रान्तिबाट अत्तालिएर सरकारले प्रतिबन्ध लगाएको समेत बताए ।

कार्यक्रममा नेकपा दाङ जिल्ला सदस्य डिल्ली, एकराज, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य सदस्य द्वोय सौनी र मधुसुदनको आतिथ्य रहेको थियो । पार्टी जिल्ला कमिटी सदस्य डिल्लीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण तथा अध्यक्षता नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here