Saturday, April 27, 2024
Homebreaking-newsअब आँखाको क्यान्सरको उपचार, राप्ती आँखा अस्पताल

अब आँखाको क्यान्सरको उपचार, राप्ती आँखा अस्पताल

- Advertisement -spot_img

जीतसागर जी.एम.
तुलसीपुर, ४ साउन । राप्ती आँखा अस्पतालले आधुनिक सेवा दिन सुरू गरेको छ । आधुनिक र विशेषज्ञसहितको सेवा सुरू गरेको अस्पतालले आँखाको क्यान्सर उपचारसहित विषेशज्ञ सेवा थप गर्ने भएको छ ।

अस्पतालले चालु आर्थिक वर्षभित्रै आँखाको जटिल प्रकृतिको उपचारका लागि विषेशज्ञ सेवा थप गर्ने भएको हो । विषेशज्ञ सेवा विस्तारसँगै आँखाको गम्भीर प्रकृतिको उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएको हो । अस्पतालले विषेशज्ञ सेवा विस्तार गर्न नसक्दा आँखाको गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालले विषेशज्ञ सेवा विस्तार गर्न लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवि रिजालले बताए ।

‘विशेषज्ञ सेवा विस्तारका लागि आवश्यक जनशक्ति तयार बनाइसकेका छौँ’ उनले भने– ‘मेसिन खरिदका लागि अब छिट्टै टेण्डर आह्वान गर्दैछौँ, मेसिन आइपुगेपछि आँखाको क्यान्सर उपचार पनि सम्भव हुनेछ ।’ लुम्बिनी प्रदेशसहित कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई आँखाको उपचार सेवा प्रदान गरिरहेको अस्पताललाई थप स्तरोन्नती गरेर बिरामी रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गरिने उनले बताए ।

‘अहिले जटिल प्रकृतिका उपचार सेवाका लागि बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता छ, यसका लागि अस्पतालले सेवालाई थप विशिष्ठकृत बनाउन लागेको छ ।’ उनले भने– ‘विषेशज्ञ सेवा पनि विस्तार भएपछि बिरामीलाई बाहिर पठाउनुपर्ने छैन्, बरू बाहिरबाट बिरामी तुलसीपुरमा रेफर हुनेछन् ।’

 

आँखा अस्पतालले आँखाको क्यान्सर जटिल प्रकारको उपचारका लागि तीनजना जनशक्ति तयारी अवस्थामा राखेको अस्पतालका निर्देशक डा.सुलक्ष्मी कटुवालले बताइन् ।

आँखा अस्पतालले आँखाको क्यान्सर जटिल प्रकारको उपचारका लागि तीनजना जनशक्ति तयारी अवस्थामा राखेको अस्पतालका निर्देशक डा.सुलक्ष्मी कटुवालले बताइन् । ‘डा.सुरेश रसाइली, ज्योति सापकोटा र सन्तोष सुवेदीले विषेशज्ञता हासिल गरिसक्नुभएको छ, उहाँहरूले सेवा प्रदान गर्नका लागि आवश्यक प्रविधि (मेसिन) खरिद गर्न बाँकी रहेको छ ।’
उनले भनिन्– ‘जनशक्ति तयारी अवस्थामा भएकाले मेसिन खरिद हुने बित्तिकै सेवालाई विस्तार गछौँ,

त्यसपछि क्यान्सर उपचारसहित सबै प्रकारका विषेशज्ञ सेवाका लागि बाहिर जानुपर्ने छैन् ।’ आँखा वरपर हुने क्यान्सर, आँखामा फुलो परेको, मासु पलाएको, जनैखटिराजस्ता जटिल प्रकृतिका उपचार लागि अस्पताल स्तरोन्नती हुन लागेको उनले बताइन् । विस २०४३ सालमा स्थापना भएको अस्पतालले सेवालाई फराकिलो बनाउन लागेको हो ।

बजारमै क्लिनिक सेवा

राप्ती आँखा अस्पतालले सेवाको दायरालाई फराकिलो बनाउने भएको छ । तुलसीपुर–४ रक्षाचौरमा रहेको अस्पतालले अबदेखि तुलसीपुर बजारमै सिटी क्लिनिकमार्फत सेवालाई थप छिटो र प्रभावकारी बनाउन थालेको हो । सेवा छिटो लिन चाहनेहरूका लागि तुलसीपुर बजारबाटै आँखा उपचारसम्बन्धी सम्पूर्ण प्रकारका सेवाहरू दिन थालेको अस्पतालका प्रशासक किरण पौडेलले बताए ।

‘चालु वर्षदेखि अस्पतालको सेवाको दायरा बढेको छ, केही छिट्टै विस्तार गर्ने योजना बनाएका छौँ, केही योजना लागू भइसकेको छ ।’ उनले भने– ‘छिटै सिटी क्लिनिक सञ्चालन गरी सेवा बजारबाटै दिन थालेका छौँ, सशुल्क सेवा भएपनि यसले कामको व्यस्तता भएका नागरिकका लागि राहत प्रदान गर्ने भएको छ, यतिमात्र नभई शनिबार पनि सेवा प्रदान गर्नेछौँ ।’

क्लिनिकमार्फत ओपिडि, माइनर, चश्मा प्रेशबायोपिया, औषधि उपचारलगायतका सेवा दिने उनले बताए । ‘बिहान ९ बजदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने भएका छौँ ।’ उनले भने– ‘अस्पताल बजारदेखि टाढा हुँदा समय व्यवस्थापन गर्न असहज हुने नागरिकका लागि बजारमै सिटी क्लिनिक सञ्चालन गर्न थालेका हौँ ।’

यस्तै अस्पतालले शनिबार पनि आँखा उपचार सेवा प्रदान शुरू गरेको छ । अस्पतालले यसअघि पनि शनिबार सेवा प्रदान गरेपनि विशिष्ठकृत सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा अबदेखि शनिबार पनि अरू बारजस्तै सेवा प्रदान गर्ने भएको हो । अस्पतालले अन्य दिनहरूमा पनि बिरामीको सहजताका लागि सेवा प्रदान गर्ने समय बढाएको छ ।

यस्तै अस्पतालले बिहान ९ बजेदेखि सेवा प्रदान हुँदै आएकोमा अबदेखि बिहान साढे ८ बजेदेखि नै सेवा लिन सकिने प्रशासक पौडेलले बताए । यसैबीच अस्पतालले आवश्यक जनशक्ति उत्पादनको कामलाई पनि निरन्तरता दिने भएको छ । जनशक्ति उत्पादनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

फेको प्रविधिको उद्घाटन

अस्पतालले सेवालाई थप प्रभावकारी बनाउनका फेको प्रविधि सञ्चालनमा ल्याएको छ । शल्यक्रिया सेवालाई थप प्रभावकारी बनाउनका लागि अस्पातालमा आइतबारबाट फेको प्रविधि सञ्चालनमा आएको हो । संविधानसभा सदस्य बुद्धिराम भण्डारीले फेको प्रविधिको उद्घाटन गर्दै बिरामीलाई थप सहजता दिनका लागि अस्पतालले फेको प्रविधिको विस्तार गरेको बताए ।

‘समयको मागअनुसार सबैले थप परिस्कृत बनाउँदै लैजानुपर्छ’ उनले भने– ‘राप्ती आँखा अस्पतालले पनि शल्यक्रिया सेवालाई थप स्तरोन्नती गरेको हो ।’ अस्पतालले लक्षित संख्याको करिब ७० प्रतिशतलाई फेको प्रविधिमार्फत शल्यक्रिया सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।’

बजेट प्राथकिमतामा उपेक्षा

राप्ती आँखा अस्पताल रक्षाचौर सरकारको बजेट प्राथमिकतामा उपेक्षित हुने गरेको छ । दाताको भरमा सञ्चालन हुँदै आएको अस्पताललाई सरकारले अहिलेसम्म बजेट प्राथमिकतामा नपारेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
संघीय व्यवस्था लागू भइसकेपछि स्थानीय सरकारले अस्पतालका लागि स्थानीय सरकारले सामान्य अवस्थामा बजेट विनियोजन गर्ने गरेपनि प्रदेश र संघ सरकारको बजेट अहिलेसम्म शुन्य रहेको अस्पताल व्यवस्थापन समितिका सचिव सुरेन्द्र कुमार खड्काले बताए ।

‘नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर हुन्छ, भने राप्ती आँखा अस्पताल किन प्राथमिकतामा पर्दैन्, यद्यपि सरकारको सहयोग नभएको भनेको होइन्, तर बजेटमा अहिलेसम्म शुन्य नै छ ।’ उनले भने– ‘अहिलेसम्म अस्पताल दाताको भरमा सञ्चालन हुँदै आएको छ, यसरी कति दिनसम्म चल्ने भन्ने नै गम्भीर सोंचनीय विषय बनेको छ ।

राप्ती आँखा अस्पतालको स्तरोन्तीका लागि सरकारको सहयोग अपरिहार्य रहेको नेपाल नेत्र ज्योति संघ दाङका अध्यक्ष कृष्णकुमार गिरीले बताए ।

‘आँखाको उपचार सेवालाई थप विशिष्ठकृत बनाउनका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधारमा ठूलो आर्थिक लगानी चाहिन्छ, यसका लागि सरकारको सहयोग अनिवार्य छ’ उनले भने–‘सरकारको असहयोगले अस्पतालको विकास हुन सक्दैन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here