Friday, April 26, 2024
Homeफिचरलगानीकर्ता जुटे पूर्वाधारमा प्रदेशको सहयोगः मन्त्री चौधरी

लगानीकर्ता जुटे पूर्वाधारमा प्रदेशको सहयोगः मन्त्री चौधरी

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ६ असार । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले लुिम्बनी प्रदेशमा लगानीका लागि निजी क्षेत्रलाई आह्वान गरेका छन् । उनले एक अरबभन्दा बढीको योजनासहित निजी क्षेत्र लगानीका लागि प्रदेशमा आए आधारभूत आवश्यक पूर्वाधार प्रदेश सरकारले निर्माण गरिदिने बताए ।

प्रदेशका निजी क्षेत्रबाट लगानी बढाउने प्रस्ताव आएमा औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक आधारभूत पूर्वाधारहरू सडक बत्ती लगायतका औद्यौगिक क्षेत्रका लागि आवश्यक संरचना प्रदेश सरकारले नै निर्माण गर्ने बताए । लगानीमैत्री वातावरण निर्माण लुम्बिनी सरकारले बनाएको भन्दै प्रदेश सरकारले प्रदेशमा १ अर्बभन्दा बढी लगानी गर्नेलाई उद्योगसम्म बाटो तथा विद्युत पु¥याइ दिने योजना बनाएको बताए ।

आर्थिक विकासको लागि लगानीमैत्री वातावरण आवश्यक रहेको भन्दै प्रदेश सरकारले छिुट्टै लगानी सम्मेलनको समेत आयोजना गर्न लागेको जानकारी दिए । निजी क्षेत्रको प्रवेशसँगै लगानी गरेर उत्पादन बढाएर प्रदेशको आर्थिक विकास गर्न सकिने उनले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार लुम्बिनी प्रदेशस्तरीय आर्थिक पत्रकारिता सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरिने भनिए पनि कोभिड–१९ को कारण लगानी गर्न नसकिएको मन्त्री चौधरीले बताए । प्रदेश सरकार आत्मनिर्भर बन्नका लागि प्रदेश सरकार, निजी क्षेत्र, सहकारी क्षेत्रको सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिएर बढेको उनले बताए । ‘युवाहरूलाई कृषिमा जोडेर बेरोजगारलाई स्वरोजगार बनाउन सकिने छ’ मन्त्री चौधरीले भने ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा विशिष्टीकरणको आवश्यक रहेको बताए । यस प्रकारका तालिमले विशिष्टीकरण गर्न सहयोग पुग्ने उनको भनाई थियो । जसले गर्दा विकासमा सहयोग पु¥याउने उनी बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले आर्थिक विकासका लागि सञ्चार माध्यमले भूमिका खेल्ने बताए । सञ्चार माध्यमहरूले नेपाली उद्यमशीलताको विकासमा सहयोग गर्नुपर्ने उनले बताए । निजी क्षेत्र र सञ्चार माध्यमहरू भिन्न नभई एक भएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीले भनाइ राखेका थिए । कार्यक्रम नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भिम गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण सेजनका महासचिव सुजन ओलीले गरेका थिए ।

तालिममा अर्थतन्त्र र वित्तीय संघीयता विषयमा कृष्ण आचार्य, बैंक वित्तीय, शेयर, बिमा विषयमा शिवसत्याल, पूर्वाधार, लगानी, ढाँचा र सार्वजनिक खरिदका बारेमा सुदील पोखरेल, उद्योग वाणिज्य, निजी लगानी र उपभोक्ता संरक्षणका विषयमा दिवाकर पन्त, आर्थिक पत्रकारिता र आचारसंहिताका विषयमा हरि लामिछानेले सहजीकरण गरेका थिए । तालिममा लुम्बिनी प्रदेशका पत्रकारहरूको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here