Friday, April 26, 2024
Homeफिचरघट्दै कोरोना संक्रमित

घट्दै कोरोना संक्रमित

- Advertisement -spot_img

सल्यान, ३१ जेठ । सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । जिल्लाका दशवटै स्थानीय तहको अवस्थालाई हेर्दा पछिल्लो साता जिल्लामा कोरोना संक्रमित दर र मुत्युदर घटेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । विगतमा दैनिक एक सय बढी कोरोना संक्रमित थपिने गर्दथेँ तर अहिले नयाँ संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ ।

जिल्ला अस्पताल सल्यानका डा. भिमकान्त जैसीले अस्पतालमा निर्माण भएका आइसोलेसन बेडहरु बिस्तारै खाली हुदैँ गएको बताए । उनले जिल्ला अस्पताल परिसरमा शारदा नगरपालिका र सवुज गण सिमखर्कको सहकार्यमा निर्माण भएको २५ बेडको आइसोलेसन प्रयोगमा नआएको बताए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीका अनुसार शुक्रबार जिल्लाभर ५० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । यससँगै बैशाख यता जिल्लामा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय १८ पुगेको छ भने हालसम्म कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ७२ पुगेको छ ।

जिल्लामा हालसम्म कोरोनाका संक्रिय संक्रमितको संख्या ३ सय ८१ मा झरेको छ । जसमा जिल्ला अस्पताल सल्यानमा ११ जना, संस्थागत आइसोलेसनमा २९ जना र होम आइसोलेसनमा ३ सय ४१ जना रहेका छन् । जिल्लामा हालसम्म कोरोनाबाट ५० जनाको मृत्यु भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here