Saturday, April 27, 2024
Homeफिचरकांग्रेसको घुम्ती स्वास्थ्य शिविर

कांग्रेसको घुम्ती स्वास्थ्य शिविर

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, २७ जेठ । सल्यानमा नेपाली कांग्रेसले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कोरोना संक्रमण रोकथाम तथा उपचारमा सहजता ल्याउने उद्देश्यले कांग्रेसले घुम्ती शिविर सञ्चालनमा ल्याएको हो ।
नेपाली कांग्रेस निकट नेपाल तरुण दल क्षेत्र नम्बर २ का सभापति यज्ञराज वलीको नेतृत्वमा कांग्रेसले कपुरकोट गाउँपालिकामा घुम्ती स्वास्थ्य शिविर तथा स्वास्थ्य सामग्री वितरण अभियान सञ्चालन गरेको हो ।

संक्रमण गाउँ–गाउँमा फैलिदै गएपनि नागरिकले स्वास्थ्य उपचार सेवा सहजरुपमा पाउन नसकिरहेको अवस्थामा कांग्रेसले स्वास्थ्य उपचारमा सहजताका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको नेपाल तरुण दल क्षेत्र नम्बर २ का सभापति तथा अभियानका संयोजक यज्ञराज वलीले जानकारी दिए ।

कपुरकोट गाउँपालिकाका सबै वडामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिएको उनले बताए । दोस्रो चरणमा फैलिएको कोरोनाका कारण नागरिकलाई स्वास्थ्य सेवा सहज गराउनका लागि स्वास्थ्यकर्मीसहितको टोलीले स्वास्थ्य जाँच गरेर स्वास्थ्य सामग्री पनि सहयोग गरेको सभापति वलीले जानकारी दिए ।

‘जनतासँग नेपाली कांग्रेस’ भन्ने उद्देश्यका साथ जेठ २२ देखि २४ गतेसम्म तीनदिन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १३ सय बढीले स्वास्थ्य सेवा लिएको वलीले जानकारी दिए । उनका अनुसार कपुरकोट गाउँपालिकाका १ देखि ६ नम्बर वडा सबैमा शिविर सञ्चालन गरिएको हो । जेठ २२ गते ५ र ६ नम्बर वडा, २३ गते १ र २ नम्बर वडा र २४ गते ३ र ४ नम्बर वडामा पुगेर शिविर सञ्चालन गरिएको हो । शिविरमा १ लाख ५० हजार बढीको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

कांगे्रस तराई मधेशका केन्द्रीय सदस्य दुर्गा गरी, नेपाली कांग्रेस कपुरकोट गाउँपालिका सचिव तिलक देवकोटा, युवा नेता गिरिराज वली, बामदेव अधिकारी, टिकाराम केसी, यज्ञराज बोहरा, तरुण दल क्षेत्र नम्बर २ का उपसभापति सन्तोष बुढाथोकी, तरुण दल नेता कुवेर खत्री, नेविसंघ राप्ती बबई क्याम्पस सदस्य विजय पुन, कासीराम पुन, शिर बहादुर साहु, भिम महतारा लगायतको सहभागितामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

कोरोना महामारीबाट बचाउनका लागि आफूहरुको सेवामा खटिने नागरिकले धन्यवाद ज्ञापन गरेका छन् । अस्पतालसम्म पुग्न नसकिरहेको अवस्थामा गाउँमै आएर स्वास्थ्य जाँच गरेपछि आफूहरुलाई धेरै सजिलो भएको कपुरकोट–५ का ८३ वर्षिय भदुराम घर्तीले धन्यवाद ज्ञापन गरे ।

‘हामी अस्पताल पुग्न सक्ने अवस्था छैन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेपछि मलाई धेरै सजिलो भयो’ उनले भने– ‘अब फेरि–फेरि पनि यस्तै सेवा गरिहनुहोला ।’ उनीसँगै अन्य नागरिकहरु समेत निषेधाज्ञाको समयमा गाउँ–गाउँमा स्वास्थ्य सेवा पाएपछि खुशी भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here