Tuesday, April 23, 2024
Homeसमाजबागर स्वास्थ्य केन्द्रलाई औषधि व्यवसायी संघको सहयोग

बागर स्वास्थ्य केन्द्रलाई औषधि व्यवसायी संघको सहयोग

- Advertisement -spot_img

दाङ,१५ जेठ ।
नेपाल औषधि व्यवसायी संग दाङ शाखाले बागरको आइसोलेसन केन्द्रमा स्वास्थ्य सामग्री प्रदान गरेको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले संघले दंगिशरण गाउपालिकाले संचालन गरेको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

करिव ४६ हजार मूल्य बराबरको औषधि, माक्स , ग्लोभ्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. कृष्ण घर्तीलाई संघका जिल्ला अध्यक्ष बिष्णु प्रसाद पौडेलले हस्तान्तरण गरेका हुन ।

 

साथै जनताको सेवामा दिनरात खटिने सुरक्षाकर्मीहरुका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ । प्रहरी चौकी वागर प्रमुख गणेश बहादुर ऐरीलाई माक्स र सेनिटाईजर हस्तान्तरण गरिएको जिल्ला कोषाध्यक्ष गिरीराज न्यौपानेले जानकारी दिए ।

 

उक्त आईसोलेसनमा उपचाररत बिरामी , स्वास्थ्य उपचारमा निरन्तर खटिएका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुलाई खाना निशुल्क खाना समेत खुवाउने गरिएको नागरिक भान्साका अभियान्ता अर्जुन भट्टराईले बताए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here