Friday, April 26, 2024
Homeमुख्य खबरगाउँ गाउँमा चिकित्सकीय सेवा

गाउँ गाउँमा चिकित्सकीय सेवा

- Advertisement -spot_img

कोरोनाको त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ति र परिवारलाई घुम्ति शिविरमा स्वास्थकर्मीले मनोपरामर्श दिन र स्वास्थ्य परिक्षण गरि प्रारम्भिक उपचार का साथै अबस्था अनुसार अस्पतालसम्म पु¥याउन सहयोग र परामर्श गरिने छ ।

गोपाल शर्मा भट्टराई
दाङ ,१३ जेठ ।
ग्रामिण बस्ती र समुदायमा कोरोनाको संक्रमण उच्च देखिए पछि दाङमा चिकित्सक र स्वास्थयकर्मी सहित गाउँ –गाउँमा स्वास्थ्य घुम्ती सेवा दिन थालिएको छ । कोरोनाको करहबाट आम नागरिकलाई सुरक्षित गर्न, कोरोना रोकथाम, नियन्त्रण र उपचारको परामर्शदिन चिकित्सकीय घुम्ती सेवा दिन थालिएको हो ।

कोरोनाको त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ती र परिवारलाई घुम्ति शिविरमा स्वास्थकर्मीले मनोपरामर्श दिन र स्वास्थ्य परिक्षण गरि प्रारम्भिक उपचार का साथै अबस्था अनुसार अस्पतालसम्म पु¥याउन सहयोग र परामर्श गरिने छ ।

यसले समुदाय स्तरमा राम्रो भएको स्थानीयहरुको भनाई छ । ब्याकवार्ड एजुकेशन सोसाइटी बेस नेपालको समन्वय र सहयोगमा डाक्टर राजीब झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थकर्मीको टोली गाउँ –गाउँमा पुग्न थालेको छ । तुलसीपुरमा बिहिवारदेखि यो अभियान सुरु गरिएको बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगैमा घुम्ती शिबिरको पूर्वराज्यमन्त्री एवम लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले शुभारम्भ गरेका छन । चौधरीले स्थानीय सरकारलाई यो अबस्थामा हरेक क्षेत्रबाट सहयोगको खाँचो भएको, स्थानीय सरकारसग समन्वयमा घुम्ती स्वास्थ शिबिर गाउँमा खटिएको बताए । उनले यस्ता प्रयासहरुले गाउँमा भएको समस्या समाधान हुने र कोरोनालाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरे ।


स्वास्थकर्मी टोलीको नेतृत्व गरेका डाक्टर राजीब झाले गाउँ बस्तीमा कोरोना पीडित ब्यक्तीले पिसिआर टेस्ट नगराउने र संक्रमन लुकाएर राख्दा झनै संक्रमनको भयाबह स्थिति आएको बताए । ‘ज्वोरो नाप्ने थर्मल गन, अक्सिजनको मात्रा चेक गर्ने अक्सो मिटरकप प्रयोग गर्ने र अबस्थाको बिश्लेषन गरि आबस्यक औषधि निशुल्क रुपमा उपलब्ध गराईने डा झाले बताए । कोरोना संक्रमितको लक्षण देखिएका र आशंका लागेकालाई पीसिआर परिक्षणका लागि परामर्श दिईने तथा सामान्य अवस्थाकालाई आबश्यक औषधी दिएर नियमित निगरानी गरिने उनले बताए ।

तुलसीपुर नगर स्तरीय मनोपरामर्श समुहका संयोजक सुशील बस्नेतले उपचार संगसगै परामर्श अनिवार्य भएको हुदा परामर्श पनि संगसगै लैजानु पर्ने बताए । उनले नगरले परामर्शको अभियाननै सञ्चालन गरेको र गाउँस्तरमा त्यो बढी प्रभावकारी रहेको बताए । घुम्ती शिबिरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट निशुल्क उद्दार गरि सम्बन्धि अस्पताल सम्म पु¥याउने ब्यबस्था गरिएको कार्यकारी निर्देशक चौधरीले बताए ।

कोरोनाको त्रास र समुदायको लाजका कारण संक्रमनलाई लुकाएर राखेका ब्यक्ती र परिवारलाई घुम्ति शिविरमा स्वास्थकर्मीले मनोपरामर्श दिन र स्वास्थ्य परिक्षण गरि प्रारम्भिक उपचार का साथै अबस्था अनुसार अस्पतालसम्म पु¥याउन सहयोग र परामर्श गरिने छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here