Friday, April 26, 2024
Homebreaking-newsसंगतीको अर्थ श्रेष्ठजनहरुसँग मित्रता

संगतीको अर्थ श्रेष्ठजनहरुसँग मित्रता

- Advertisement -spot_img

मनुष्य सामाजिक प्राणी हो । सहज मानवीय जीवन जिउन साथी, सङ्गी, मित्र, दम्पत्ती, परिवार, समाज, राष्ट्र हुँदै विश्वको खाँचो पर्दछ । सहज मानवीय जीवन अनुसारको उद्देश्य प्राप्तिका लागि साझा विचारको एकत्रित शक्तिको समेत आवश्यकता पर्दछ ।

साझा विचार अनायास एकै स्थानमा आउँदैन जसलाई एउटै मालामा उन्ने काम नै संगतीकरण अथवा सत्संग भनिएको हो । कुसंगतीको मुख्य उद्देश्य र परिणाम हुन्छ दूषित विचारहरुको संगठन गरी अमानवीय कर्म गर्नु प्राणीको दुःखमा रमाउनु । मानव शरीरलाई सञ्चालन निर्देशन गर्ने मन मस्तिष्कले गर्दछ ।

मानवको जस्तो विचार, भावना र कर्म हुन्छ फल पनि त्यसैअनुरूप प्राप्ति हुन्छ । तीन तत्वको संयोजनले व्यक्तिको व्यक्तित्व निर्धारण हुन्छ । आँप रोपेर मेवा टिप्न कसैले पाएको छैन । हामी पनि कदापि कर्मफलको सिद्धान्तबाट बञ्चित रहन सक्दैनौं भोग्नुको विकल्प छैन ।

अश्लील पुस्तकमा नशालु पदार्थको मात मस्तको वर्णन, जुवातासको सनसनीपूर्ण खबर तथा भ्रष्ट आचरण भएका व्यक्तिहरुको परोक्षपोषण गरी असल व्यक्तिको विचारमा नकारात्मक प्रभाव पार्दछ भने सकारात्मक साहित्य पुस्तकले सकारात्मक विचार निर्माणमा सकारात्मक प्रभाव पार्दछ ।

विचार मानव जीवनमा रहेका करोडौं हर्मोन कोष कोशिकालाई जागृत गर्न आहार बिहार जीवनशैली आदि–आदि विभिन्न कारणले निर्माण हुन्छ । विशेषगरी दुई तरिकाले विचारको निर्माण हुने गर्दछ । पहिलो कारण पुस्तक साहित्य अध्ययन र दोस्रो व्यक्तिको सम्पर्क भेटघाटबाट प्रभावित अवस्थाबाट विचार निर्माण हुन्छ ।

अश्लील पुस्तकमा नशालु पदार्थको मात मस्तको वर्णन, जुवातासको सनसनीपूर्ण खबर तथा भ्रष्ट आचरण भएका व्यक्तिहरुको परोक्षपोषण गरी असल व्यक्तिको विचारमा नकारात्मक प्रभाव पार्दछ भने सकारात्मक साहित्य पुस्तकले सकारात्मक विचार निर्माणमा सकारात्मक प्रभाव पार्दछ ।

त्यसैगरी खराब विचार आचरण भएको व्यक्तिको नियमित संगती सम्पर्कबाट दुव्र्यशन, कुलत, नशालु पदार्थको आनन्दको व्याख्या विश्लेषण प्रत्यक्ष प्रयोग गर्ने गराउने नकारात्मक विचार निर्माणमा सहायक बन्ने गर्छन् भने सकारात्मक असल श्रेष्ठ विचार भएका व्यक्तित्वको नियमित निरन्तरको सम्पर्क संगतीबाट सकारात्मक विचारको निर्माण हुने गर्दछ ।

नशालु पदार्थको सेवन गर्नेहरुको नियमित सम्पर्क हुँदा कुलतमा प्रवेश गर्न सकिन्छ । नशालु पदार्थ प्रायः स्वादिलो सुगन्धित नहुँदा नहुँदै पनि निरन्तर नियमितको सम्पर्क संगतीले सहज बनाउने गर्दछ । दुव्र्यसनमा प्रवेश गर्ने नयाँ व्यक्तिले दर्जनौं पटकको प्रयोग र वस्तुको प्रभावले नियमितता दिने गर्दछ ।

वर्तमान समयमा सकारात्मकताको तुलनामा नकारात्मक परिस्थिति दशौं गुणा अगाडि बढिरहेको छ, कारण कुसंस्कारले कुसंगतमा दिनप्रतिदिन गति बढाउँदै छ । मेरो समुदायको संस्कार परम्परा हो भन्नेतिर नयाँ पुस्ता लाग्यो कुसंस्कार अपनायो सुसंस्कार त्याग गर्‍यो ।

समाजमा हुने असामाजिक गतिविधिमा समेत हात बढाउन बाध्य हुनुपर्छ लागूपदार्थको जोहो जसरी पनि गर्नुछ कुसंगतले महत्वपूर्ण मानव देह तथा उर्जालाई क्षणमा समाप्ति पार्दछ कानुन बमोजिम जेलनेलको सजायको भागेदार हुनुपर्छ ।

व्यक्तिगत तथा सामाजिक रूपमा अभिभावकहरुले समयमै सजगता अपनाउन आवश्यक छ । भोलिका दिनमा भयभीत, लज्जित, संकूचित तथा पश्चाताप गर्न बाध्य हुनुपर्ने परिस्थितिको आँकलन आजैदेखि गरौं । सदाचारी श्रेष्ठ विचार स्वयम्को महत्व बुझ्न बुझाउन सक्ने सद्गुण श्रेष्ठ चिन्तन–मनन्मा लिप्त व्यक्तिहरुसँग नियमित सत्संग गरौं÷गराऔं ।

चन्दनको रुख वरपर हुर्कने अन्य प्रजातिका बोट वृक्षहरुमा समेत संसर्गमा रहदा वस्तुको गुण समेत परिवर्तन हुन सक्दछ भने हामी मनुष्यले उत्कृष्ट र निकृष्ट जानी बुझि जीवन सदुपयोग किन नगर्ने ?

वर्तमान समयमा सकारात्मकताको तुलनामा नकारात्मक परिस्थिति दशौं गुणा अगाडि बढिरहेको छ, कारण कुसंस्कारले कुसंगतमा दिनप्रतिदिन गति बढाउँदै छ । मेरो समुदायको संस्कार परम्परा हो भन्नेतिर नयाँ पुस्ता लाग्यो कुसंस्कार अपनायो सुसंस्कार त्याग ग¥यो ।

‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’ राष्ट्रिय गानलाई आत्मसात् गर्दै थरीथरीका नेपाली समुदायमा परम्परागत सकारात्मक प्रभाव पार्ने रितिरिवाज चाडपर्व, विवाह, पूजा लगायत वैदिक कर्मकाण्डको व्यवहारिक प्रयोग गर्नुपर्ने आजको तड्कारो आवश्यकता रहेको छ ।

उत्कृष्ट सभा–सम्मेलन, नियमित साँस्कृतिक गतिविधि, विचार गोष्ठी, अन्तरक्रिया, नेतृत्व क्षमता अभिवृद्धिसम्बन्धी, स्वरोजगारमूलक तालिम, वन वातावरणको महत्व, विद्यमान नेपालको संविधान, आधारभूत विषयमा समुदायस्तरमा स्थानीय तहमार्फत प्रशिक्षण गराउन अति जरुरी देखिन्छ ।

सर्वसुलभ रूपमा उपलब्ध फरक–फरक विधा विषयका जानकार क्षमतावान जनशक्तिको सदुपयोग गरी समुदाय, टोल, नगरलाई संस्कारित नमुनायोग्य राष्ट्र निर्माणमा टेवा पु¥याउन आजैदेखि सरोकारवाला सम्पूर्ण संगतीकरणको शुत्र अपनाऔं । जय मानव … !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here