Friday, April 26, 2024
Homebreaking-newsजनताको स्वास्थ्यमा जिम्मेवार बन्न आग्रह

जनताको स्वास्थ्यमा जिम्मेवार बन्न आग्रह

- Advertisement -spot_img

दाङ ,२७ बैशाख ।
नेपाली काग्रेस दाङ क्षेत्र नं ३ले जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन तीनै तहका सरकारलाई आग्रह गरेको छ । क्षेत्रीय सभापति जगतबहादुर खडकाले सोमवार विज्ञप्ती प्रकाशन गरि नागरिकको स्वास्थ्यमा तीनै तहका सरकारहरु गैर जिम्मेवार भएको र जनताको स्वास्थ्य प्रति गम्भीर नभएको बताएको छ ।
‘कोरोनाको दोस्रो कहर अहिले व्यापकरुमा बढेको छ । दैनिक रुपमा संक्रमणदर र मृत्यु दर उच्च हुदै गएको छ । कोरोना कहरबाट सबै क्षेत्र प्रभावित भएका छन । सरकारी लापरवाहीले दैनिक दुखद खबरहरु आइरहेका छन । दैनिक जसो नागरिकहरु आक्रान्त बनेका छन । नागरिकहरु अस्पताल, अक्सिजन, बेड नपाएर छटपटाई रहेका छन । यो भयाभह अवस्थामा कुनै पनि तहको सरकारले ध्यान दिएको छैन । भ्रष्टाचार र कमिसनमा सरकार चुरलुम्म डुवेको छ । यो अबस्था व्यवस्थापन र नियन्त्रण तर्फ जानुको साटो निकम्वा बनेर सरकार बसेको छ । विज्ञप्तीमा भनिएको छ, जनताको स्वास्थ्य उपचार भन्दा ठूलो ओली सरकारलाई कमिसन बनेकोछ, खोपमा, स्वास्थ्य सामग्रीमा र सत्ता टिकाउने खेलमा मात्रै सरकार जुटेको छ ।
स्थानीय सरकारहरु गैरजिम्मेवार भएर बसेका छन । प्रदेश सरकार कानमा तेल हालेर सुतेको आरोप विज्ञप्ती लगाइएको छ । अक्सिजन व्यवस्थापनको नाममा आफना कार्यकर्ताहलाई परिचालन गरेर राजनीतिकरण गरिएको छ । सरकार पक्ष कार्यकर्ता विरामीमा परेमा अक्सिजन थुपार्ने र अरु विरामी परेमा अक्सिजन नपाएर छटपटाई पर्ने अवस्था तत्काल हटाइनु पर्ने माग समेत गरिएको छ । स्थानीय सरकारलाई सबै नागरिकलाई एक नजरले हेरेर स्वास्थ्योउचारको बन्दोबस्तो गर्न आग्रह गर्दछु । विज्ञप्तीमा भनिएको छ । आमनागरिकहलाई सुरक्षित हुन आग्रह गर्दै । संक्रमितहरुलाई स्वास्थ्यलाभको कामना गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here