उमा भण्डारी दाङ,२ चैत ।
‘रोगले मरिन्छ की भन्दा पनि समाजले हेला गर्छ की ? भन्ने कुराले बढी चिन्तित बनाई रहन्थ्यो । रोग भन्दा पनि समाजको व्यवहारको कुरा सोच्दा धेरै चिन्ता लाग्ने गर्दथ्यो’ १२ वर्षीय कोमल नेपालीलाई । कोभिड–१९ को महामारीका कारण १४ दिन क्वारेन्टाईनमा बसेकी गढवा गाउँपालिका वडा नं. ३ धैरोनीकी कोमलले क्वारेन्टाइनमै बसेका कारणले समाजले आफु र आफ्नो परिवारलाई अपहेलना गर्छ कि भन्ने चिन्ता र डरत्रासले १४ दिन कसरी कट्यो भन्ने पनि थाहा पाइनन ।
सपरिवार क्वारेन्टाइनमा बसेपनि आफु असुरक्षित भएको महसुस हुने गरेको अनुभव उनी सुनाउँछिन । ‘बस्न त आमाबुवा सहित क्वारेन्टाइनमा बसेको थिए उनले भनिन्–‘तर पनि आफुलाई स–साना कुरामा पनि असुरक्षित छु कि भन्ने महशुस सधै भइराख्यो ।’ क्वारेन्टाईनमा हुने घटनाहरु सार्वजनिक हुँदा मानसिक तनावले अझ बढि समस्या हुने गरेको उनको अनुभव छ ।
यस्तै ५ वर्षीय दिक्षा केसी कोरोना महामारीका कारण १४ दिन क्वारेन्टाईनमा बसिन् । क्वारेन्टाईनको अवधिभर आफु स्वतन्त्र रुपमा खेल्न, हिँडडुल गर्न नपाउँदा गाह्रो भएको सुनाइन । उनी आमाबुवा सहित दुईसाता श्री सरस्वती प्राथमिक बिद्यालय गढवाको क्वारेन्टाईनमा बसेकी थिइन । कोरोना महामारीको कारण भारतको उत्तर प्रदेशबाट घर फर्किएका केसीको परिवारलाई कोरोना भाइरसको संक्रमणको आशंकामा दुईसाता क्वारेन्टाइनमा राखेको थियो ।
यसैगरी सोही ठाउँ निवासी १७ बर्षीय रोशनी नेपालीले क्वारेन्टाइन व्यवस्थित नहुँदा सर्प, किरा लगायतका जिवजन्तुबाट धौ धौ बचेको सुनाउछीन । दुई÷तीनपटक सर्प र बिच्छी ओछेयानमै आयो बल्ल तल्ल बचियो उनले भनिन, १४ दिन स्कुलमा बनाइएको क्वारेन्टाइनमा बस्ता मरिन्छ की भन्ने चित्ताले धेरै सतायो । उनले भनिन्–‘घाँसै–घाँस र झाडी थ्यो, हातमुख धुनका लागि धारासम्म जाँदा पनि एकदम डर लाग्ने गर्दथ्यो ।’
कोरोना भाइरसको संक्रमणको त्राससंगै क्वोन्टाईनमा बस्दा झेल्नुपरेको समस्याका कारण मानसिक तनाबको महसुस भएको बालबालिकाहरु बताउने गरेका छन । दाङमा सयौ बालबालिकाले कोभिडको वेलामा क्यारेन्टाइनको बास गरेका छन । त्यसमा केहि त क्रमित समेत भए । भने कति अभिभावक संक्रमणमा पर्दा बालबालिकाहरुका नकारात्मक प्रभाव भएको पनि देखियो ।
कतै खुशी!
विभिन्न दातृ निकायहरुले कोरोना प्रभावितहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको भवनलाई उचित व्यवस्थापन गरेसंगै क्वारेन्टाइनको बसाई सहज भएको स्थानीय ३५ वर्षीय पूर्ण बहादुर केसीले बताए । स्थानीय सरकारहरुको समन्वयमा विभिन्न निकायहरुले क्वारेन्टाइनमा रङरोगन,शुद्ध खानेपानीको व्यवस्थापन, स्वास्थ्य सुरक्षा सामम्रीको व्यवस्थापन, क्वारेन्टाइन वरिपरी सरफाई, सौचालयको उचित व्यवस्था गरिदिएपछि १४ दिनको बसाई सहज भएको उनले बताए । संघसंस्थाहरुले हामीलाई धेरै सहयोग गरे उनले भने–‘आवासको उचित व्यवस्थापन गरिदिएपछि सहज र सुरक्षित भएर बसेको अनुभव भएको हो ।’ क्वारेन्टाइन अस्तव्यस्त हुँदा आफु र आफ्ना बालवालिकाहरुलाई जोखमबाट बचाउन गाह्रो हुने गरेको उनी बताउँछन् ।
६५ बालवालिकालाई आर्थिक सहयोग
स्थानीय सरकाारले बजेट विनियोजन नगरेपनि विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाहरुले त्यस्ता बालवालिकाहरुलाई आर्थिक सहयोग समेत गरेका छन् । युनिसेफ, नेपाल रेडक्रस सोसाईटी लगायतका संस्थाहरुले कोभिड–१९ का कारण प्रत्यक्ष प्रभावित बालबालिकाहरुलाई आर्थिक सहयोग गरेका छन् ।
लुम्बिनी प्रदेशका ६५ बालबालिकाहरुलाई यस्तो गरेको पाईएको छ । दाङका ३६, रुपन्देहीका ४ र कपिलबस्तु जिल्लाका २५ गरी ६५ जना बालवालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ । प्रति व्यक्ति पाँचहजारका दरले तीनलाख २५ हजार रुपैयाँ सहयोग गरिएको हो । कोभिड–१९ बाट प्रभावित अति विपन्न, असाहय, अशक्त बालबालिकाहरुलाई सम्बन्धीत वडाको सिफारिसका आधारमा छनोट गरी सहयोग गरिएको थियो ।