Sunday, April 21, 2024
Homebreaking-newsब्राउनसुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ

ब्राउनसुगरसहित न्यायाधीशकी श्रीमती पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १७ फागुन । दाङमा ब्राउनसुगरसहित उच्च अदालतका न्यायाधीशकी श्रीमती पक्राउ परेकी छन् । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोख्रेल लागूऔषध ब्राउनसुगरसहित दाङको तुलसीपुरबाट पक्राउ परेकी हुन् ।
उनलाई प्रहरीले तुलसीपुर उपमहानगरपालिका–५ स्थित उनकै घरको पार्किङमा राखिएको स्कुटीको डिक्कीमा लुकाई राखेको अवस्थामा बाट २ ग्राम २२ मिलीग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्माले बताए ।

विशेष सूचनाको आधारमा खानतलास गरिदा स्कुटरको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउनसुगर बरामद गरिएको शर्माले बताए । पोखरेललाई ईप्रका तुलसीपुरको हिरासतमा राखिएको छ । तुलसा न्यायाधीश पोखरेलकी कान्छी श्रीमती भएको बुझिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको ईप्रका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here