Wednesday, April 24, 2024
Homeफिचरमहिलाको क्षमता र भूमिका

महिलाको क्षमता र भूमिका

- Advertisement -spot_img

देशमा महिलाहरूको सहभागिता केवल पारिवारिकस्तरमा मात्र होइन, आध्यात्मिक, सामाजिक, आर्थिक र राजनैतिकस्तरमा पनि महत्वपूर्ण भूमिका रहेको वास्तविक जीवन तथा विभिन्न तथ्यांकअनुसार सोही देखिएको छ । आज संसारमा यस्तो कुनै क्षेत्र छैन जहाँ महिला अग्रसर रहि सफलता हासिल गरेका छैनन् । त्यसैले आजको आवश्यकता महिला सशक्तिकरण हुनुपर्ने जुन देशको चौतर्फी विकास महिलाको सहभागिता अधुरो रह्यो भन्ने भनाई नहोस् ।

विभिन्न अनुसन्धान तथा तथ्यांकअनुसार पुरूष र महिला बीचको समान सहभागी वा समानुपातिक अवसरको विभेद नभएमा व्यक्ति, परिवार, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय परिस्थिति अवस्थामा सकारात्मक परिवर्तन गर्न कुनै युग पर्खिनु पर्दैन । पुरूष नेतृत्वको तुलनामा महिलाले व्यक्ति गत स्वार्थभन्दा सामाजिक स्वार्थलाई प्राथमिकतामा राखी अग्रगामी विचार तथा सकारात्मक दृष्टिकोण लिई कार्य गर्दछन् ।

उच्च विचार तथा तिव्र इच्छाशक्ति परिश्रमी, बहुप्रतिभाशाली, भेदभावरहित निर्णय क्षमता रहने पुरूषको तुलनामा ३५÷४५ प्रतिशत महिलामा बढी हुन्छ ।

विश्व लैंगिक अन्तर तथ्यांक सन् २०१८ अनुसार संसारमा १७ देशमा मात्र राष्ट्रअध्यक्ष तथा १८ प्रतिशत मन्त्री र २४ प्रतिशत सांसद महिलाहरू रहेको देखिन्छ । आईएमएफको तथ्यांकअनुसार पुरूषको तुलनामा महिलालाई समानुपातिक रूपमा मानसिक तथा शारीरिक श्रममा सदुपयोग गरेमा ३७ प्रतिशतले वृद्धि गर्न सकिन्छ । नेपालमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूमा तुलनात्मक दृष्टिमा न्यून संख्यामा रहेको छ ।

व्यक्ति, परिवार, समाज, राष्ट्र र समग्र विश्वमा सकारात्मक परिवर्तनका लागि महिला पुरूष सहकर्मीकै रूपमा अगाडि बढौं । भाले बास्नेमा पोथी पनि बास्न सक्छ आवाजको आआफ्नो महत्व रहनेछ । महिला साधन होइनन् सहकर्मी हुन् । उनीहरूको क्षमतालाई नजरअन्दाज नगरौं । एक्काइसौं शताब्दी नारी शताब्दी ।


प्रतिनिधित्वको संख्यामा कमी हुनुको कारण उनीहरूको क्षमतामा कमी होइन, तर महिलाप्रतिको पूर्वाग्रहका कारण सदियौंदेखि पितृसत्तात्मक सोंच र नकारात्मक धारणाले हरेक क्षेत्रमा प्रभाव पारेको छ । अवसर तथा सहकार्यका साथ अगाडि बढेमा भौतिक तथा आध्यात्मिक प्रगति पुरूषको तुलनामा अनेकौं गुणा बढी रहने गर्दछ । शास्त्र अनुसार ‘१२ उपाध्याय बराबर १ आचार्य, १०० आचार्य बराबर १ पिता र हजार पिता बराबर १ माता हुन्छिन् ।’

आत्मविश्वास, आत्मीयता, इमानदारी, समझदारी, सहनशीलता संवेदनशील, स्नेह, दयालु, मायालु, भावनाशील, कृपालु र सहयोगीजस्ता शब्द र कर्म महिला (मातृशक्ति)सँग बढी सम्बन्धित छ । त्यसैले भन्ने गरिएको होला ‘अरूको लाख आमाको काख ।’ वैदेशिक कालदेखि महिलाको फरक क्षमताको उच्च मूल्यांकन गर्दै गौरी–शंकर, लक्ष्मी–नारायण, राधा–कृष्ण अगाडि नाम राखेर उच्चारण गरिएको हो ।

विश्वको आध्यात्मिक, सामाजिक, राजनैतिक, आर्थिक लगायतका समग्र क्षेत्रमा पुरूषले महिलालाई सामान्य रूपमा साथ सहयोग गरेको र परिवर्तनको हिसाबले असामान्य सकारात्मक परिवर्तन भएको देखिन्छ । नेपाल तथा विश्वका केही प्रतिनिधिमूलक महिलाहरूको हालसालैको अवस्था हेर्दा सकारात्मक परिवर्तन सफलता यस किसिमको छ ।

सन् २०१४ मा शान्तिका लागि नोबेल पुरस्कर बिजेता पाकिस्तानी महिला मलाला युसुफ नई जसले बालिका शिक्षाको वकालत गर्दै जीवन समर्पण गरिन् । साहसिक पासाङ ल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरी प्रथम महिला पर्वतारोहीको रूपमा नाम दर्ज गरिन् । फरक क्षमताकी धनी झमक घिमिरेले आत्मकथा जीवन काँडा कि फूलमार्फत नेपाली साहित्यमा मदन पुरस्कार प्राप्त गरिन् । मेघा बैंककी प्रमुख कार्यकारी अधिकृत ‘क’ वर्गकी प्रथम सिईओ बैंकिङ यात्रामा अनुपमा खुञ्जेली अनुपम नाम हो ।

अनुराधा कोइराला संघीय नेपालको बाग्मती प्रदेश प्रमुखको रूपमा प्रथम महिला प्रदेश प्रमुख । चेलीबेटी बेचबिखनविरूद्ध योगदानरत माइती नेपालकी सामाजिक अभियन्ता सामाजिक क्षेत्रमा पु¥याएको विशेष योगदान बाफत सिएनएन हिरोको नाम पनि हो अनुराधा कोइराला । न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शुन्य सहिष्णुताका लागि परिचित नाम हो सुशीला कार्की । सर्वोच्च अदालतको २०७३ असार २७ देखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीश बन्ने प्रथम महिला पनि हुन् कार्की ।

त्यसैगरी हालैमात्र विश्वको महाशक्ति राष्ट्र अमेरिकामा पहिलोपटक हिन्दू मुलकी कमला ह्यारी उपराष्ट्रपतिमा निर्वाचित भई क्षमता प्रदर्शन गरेकी छन् । नेपालमा दोस्रो कार्यकालको रूपमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी बहालवाला प्रथम महिला राष्ट्रपति भण्डारी हुन् । व्यक्ति, परिवार, समाज, राष्ट्र र समग्र विश्वमा सकारात्मक परिवर्तनका लागि महिला पुरूष सहकर्मीकै रूपमा अगाडि बढौं । भाले बास्नेमा पोथी पनि बास्न सक्छ आवाजको आआफ्नो महत्व रहनेछ । महिला साधन होइनन् सहकर्मी हुन् । उनीहरूको क्षमतालाई नजरअन्दाज नगरौं । एक्काइसौं शताब्दी नारी शताब्दी ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here