Saturday, April 27, 2024
Homebreaking-newsप्रदेश सरकारको निशुल्क लोक सेवा तयारी कक्षा

प्रदेश सरकारको निशुल्क लोक सेवा तयारी कक्षा

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १५ फागुन । लुम्बिनी प्रदेश सरकारले दाङको घोराहीमा गरिव तथा विपन्न युवायुवतीहरुलाई निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रममार्फत घोराही उपमहानगरपालिकाभित्रका ३५ जना युवायुवतीहरुलाई लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो ।

एपेक्स कम्प्युटर सेन्टरले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको छ । लोक सेवा तयारी कक्षा पढ्ने ती ३५ जनाले पैसा तिनु नपर्ने र तीन महिनासम्म पढ्ने अवसर पाएका हुन् । तयारी कक्षाको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मेहनत गरे मात्रै जीवनमा सफल हुने बताए ।

अनुशासित, लगनशील र मेहनती बन्न आग्रह गर्दै भोलिको दिनमा असल राष्ट्रसेवक कर्मचारीकारुपमा आफूलाई स्थापित गर्न सुझाव दिए । पढेरै जीवनका हरेक पाटामा सफल हुने भएकाले मेहनत गर्न उहाले सुझाव दिए ।

भनसुनका आधारमा गरिने जागीरले आफ्नो जीवन बन्न नसक्ने उनको भनाई छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम घोराही उपमहानगरपालिकाको सिफारिस समिति सदस्य हुमा डिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण कार्यक्रमका सहजकर्ता टीका बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here