Friday, April 26, 2024
Homebreaking-newsकालिमाटीलाई ‘बिजुली खुशी’

कालिमाटीलाई ‘बिजुली खुशी’

- Advertisement -spot_img

जीतसागर जी.एम.
कालिमाटी (सल्यान), १३ फागुन । कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा ३३ वर्षिय विक्रम केसी गाउँमा विद्युत आएपछि दंग छन् । गाउँमा जनप्रतिनिधि आएको करिब चार वर्षपछि बिजुली बत्ती बलेपछि अब उनले गाउँमै केही उद्योगधन्दा सञ्चालन गर्ने सोंच बनाएका छन् ।

अहिलेसम्म गाउँमै विद्युत उपभोग गर्न नपाएका केसीले ३३ वर्षपछि विद्युत पाउँदा परिवर्तनको अनुभूति भएको बताएका छन् । ‘अहिलेसम्म गाउँमा अरू कुनै विद्युत विस्तार हुन सकेको थिएन्, अहिले विजुली बत्ती बाल्ने अवसर आएको छ’ उनले भने– ‘चाहन्छु, विद्युत बजारमात्रै केन्द्रित नहोस्, गाउँ–गाउँसम्म पुग्न सकोस् ।

उज्यालोका लागि टुकी र सोलारको सहायता लिइरहेको अवस्थामा विद्युत आएपछि गाउँनै खुसी भएको स्थानीय होटल व्यवसायी शशिराम वलीले बताए । ‘विद्युत नहुँदा मोवाइलसमेत चार्जसमेत गर्न राम्रोसँग पाईदैन् थियो, अब विद्युत आएपछि धेरै सहज भएको छ’ उनले भने– ‘त्यतिमात्र होइन्, गाउँपालिकामा विद्युत विस्तार भएपछि फ्रिज, डिफ्रिज चलाउन सकिने आशा पलाएको छ ।’

विद्युत नहुँदा स्थानीयले टुकी र सोलारको सहायताले दैनिकी चलाउँदै आएका थिए । वर्षौँदेखि अध्याँरो बस्ती बस्दै आएका स्थानीय बिजुली बत्ती आएपछि दंग भएका छन् । सातवटा वडा रहेको गाउँपालिकामा अहिलेसम्म वडा नम्बर ७ बाहेक अरू वडामा बत्ती पुगेको छैन् । गाउँपालिका सदरमुकाम रामपुरसहित छवटै वडामा बत्ती नहुँदा अध्याँरो बस्तीमा बस्न बाध्य गाउँपालिकाबासीले लामो समयको पर्र्खाईपछि बत्ती पाएका हुन् ।

बत्ती नहुँदा मोबाईल चार्जदेखि अन्य विद्युतीय सामग्री चलाउन नपाएका स्थानीयलाई अब भने सहज भएको छ । गाउँपालिकामा विद्युत आएपछि आफूहरू अब विद्युतीय उपकरण चलाउन सहज हुने कालिमाटी गाउँपालिका वडा नम्बर ३ का डिल्लीप्रसाद पौडेलले बताए । हामी लामो समयदेखि उज्यालोका लागि विद्युत उपभोग गर्न पाएका थिएनौँ’ उनले भने– ‘अब विद्युत आएपछि क्रमशः विस्तारै अरू विकासको काम पनि अघि बढ्छ भन्ने विश्वास छ ।’

विद्युत भएपछि गाउँपालिकामा उद्योगधन्दा सञ्चालन गर्न सकिने कालिमाटी–२ का उमा सत्यालले बताईन् । ‘बिजुली बत्ती बाल्नेमात्रै होइन्, अब अन्य विभिन्न उद्योगधन्दा सञ्चालन गर्न पनि विद्युतले महत्वपूर्ण भूमिका खेल्ने छ’ उनले भनिन्– ‘गाउँपालिकामा विद्युत नहुँदा अन्धकार बनेका हामीले अब विद्युत विस्तारसँगै विकासको उज्यालो पनि देख्न पाउने आशा गरेका छौँ ।’

गाउँमा बत्ती पुगेपछि खुशी भएका स्थानीयले अब विद्युतको विस्तारसँगै अन्य उद्योगधन्दा सञ्चालन गर्ने योजना बनाएका छन् ।


कालिमाटी गाउँपालिकाको करिब ४ करोड ५२ लाख लगानीमा दाङको बबई गाउँपालिकाबाट बिजुली बत्ती तानिएको हो । नेपाल सरकारको ९० प्रतिशत र स्थानीय नागरिकको १० प्रतिशत लगानीमा बत्ती तानिएको हो भने विद्युतको संरक्षण र सम्वद्र्धन स्थानीयलाई नै जिम्मा रहेको छ । गाउँपालिकामा अहिले तत्काल वडा नम्बर २, ३ र ६ मा बिजुली बत्ती जडान हुने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए ।

‘गाउँपालिकामा हाम्रो पहिलो लक्ष्य भनेको विद्युत विस्तार गर्ने थियो, त्यो प्रतिवद्धता अब विस्तारै पूरा गर्दै लैजादैँ छौँ’ उनले भने–‘भौगोलिक हिसावले सल्यानको कर्णाली भनेर चिनिने कालिमाटीका सातवटै वडामा विद्युत पु¥याउने योजना रहेको छ ।’

गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर ५ को बालुवासम्म बत्ती विस्तार गर्ने र अन्य वडामा पनि क्रमशः बिजुली विस्तार गर्दै लैजाने योजना रहेको अध्यक्ष केसीले बताए । ‘६ नम्बर वडामा गाउँपालिकाबाट नभएर सुर्खेतबाट तार विस्तार गरिएको छ’ उनले भने–‘अब विद्युत छोड्ने योजना छ, केही प्राविधिक कारणबस विद्युत छोड्न सकिएको छैन् ।’

दाङको बबई गाउँपालिकाबाट तार तानिएको विद्युतको प्रशारण क्षमता ३३ केभिए रहेको अध्यक्ष केसीले जानकारी दिए । ‘अहिले गाउँपालिकासम्म तत्कालका लागि ३३ केभिए प्रशारण क्षमताको विद्युत तानेका छौँ, यसको मागअनुसार क्षमता बढाउँदै लैजाने योजना बनाएका छौँ’ उनले भने– ‘विद्युतको माग बढ्दै गएपछि क्षमता पनि बढाउन सकिन्छ ।’

गाउँपालिका सदरमुकाम रामपुरसम्म पुगेको विद्युतबाट अहिले तत्काल तीन हजार घरधुरी लाभाम्वित हुने छन् । गाउँपालिकाले विद्युत क्षमता विस्तार गरी क्रमशः सात हजार घरधुरीमा विद्युत पु¥याउने योजना रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापाले बताए । ‘गाउँपालिकाका सबै वडामा विद्युत पु¥याउने योजना रहेको छ, अहिले सबै ठाउँमा हुँदैन्’ उनले भने– ‘विद्युत विस्तार भएपछि गाउँपालिकाको विकासमा ठूलो सहयोग पुग्नेछ ।’

विद्युत सहकारी र गाउँपालिकाको साझेदारीमा योजना सञ्चालन हुन लागेकी उपाध्यक्ष सनशीलता ओली डिसीले बताइन् । गाउँपालिकाकै ४० लाख रूपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उनले बताइन् । गाउँमा बत्ती पुगेपछि खुशी भएका स्थानीयले अब विद्युतको विस्तारसँगै अन्य उद्योगधन्दा सञ्चालन गर्ने योजना बनाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here