Friday, April 26, 2024
Homebreaking-newsकालिमाटीमा पहिलोपटक बिजुली बत्ती

कालिमाटीमा पहिलोपटक बिजुली बत्ती

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
फागुन, १२ सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा पहिलो पटक बिजुली बत्ती बलेको छ । दाङ, बाँके, बर्दिया र सुर्खेतसँग सिमा जोडिएको उक्त गाउँपालिकामा पहिलोपटक बिजुली बत्ती बल्दा स्थानीहरू खुशी भएका छन् । बर्षौँदेखि बैकल्पिक उर्जा प्रयोग गर्दै आएका स्थानीहरू अब भने बिजुली बत्तीको प्रयोग गर्न पाईने भन्दै हर्षित भएका हुन् ।

उज्यालो कालिमाटी गाउँपालिका अभियान सञ्चालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बाल्न सफल भएको हो । एक करोड ३८ लाख रूपैयाँको लागतमा आर्थिक वर्ष ०७६÷७७ को स्वीकृत बजेटअन्तर्गत कालिमाटीमा विद्युत विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरीमा उज्यालो छाउने छ भने यस विद्युत लाइनले तीन हजार घरधुरीलाई सुबिधा प्रदान गर्नेछ । छिमेकी जिल्लाका नागरिक बत्तीको झिलिमिलिमा रमाएको वषौंको प्रतिक्षापछि गाउँपालिकाको केन्द्रसम्म बिजुली पुग्दा खुशीयाली छाएको उनले बताए । गाउँमा बिजुली बत्तीको पहुँच पुगेसँगै विकासका धेरै सम्भावनाहरू खुल्ला भएको स्थानीय शशिराम ओलीले बताए ।

यसअघि गाउँपालिकाको वडा नं. १ को लक्ष्मीपुरमा करिव ५ सय घरधुरीमा र वडा नं. ३ को लामिडाँडाको ४० बढी घरधुरीमा बिजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए । अबको केही सातामै ४ करोड ५२ लाखको लागतमा बाँकी रहेका वडाहरूमा विद्युतीकरणको काम सुरू हुने गाउँपालिकाले जनाएको छ । विद्युत सहकारी र गाउँपालिकाको साझेदारीमा योजना सञ्चालन हुन लागेकी उपाध्यक्ष सनशिलता ओली डिसीले बताइन् । गाउँपालिकाकै ४० लाख रूपैयाँको लागतमा यसवर्ष नै बाँकी रहेका कामहरू गरिने उनले बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here