Monday, April 22, 2024
Homeफिचर८६० जना पाए रोजगार

८६० जना पाए रोजगार

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, ३० असार । सल्यानका युवाहरु प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट रोजगार बन्दै जान थालेका छन् । कोभिड–१९ का कारण बेरोजगार बनेका युवाहरु प्रधानमन्त्री र मुख्यमन्त्री कार्यक्रम सञ्चालन भएसँगै रोजगार बनेका हुन् ।
स्थानीय तहको समन्वयमा सञ्चालित यस कार्यक्रमले बेरोजगार र कोरोनाका कारण थप मारमा परेकालाई रोजगारी सिर्जना गरेको छ । कार्यक्रमले कोरोनाले रोजगार गुमेकालाई राहत मिलेको स्थानीयले बताएका छन् ।
बनगाड कुपिण्डे नगरपालिकामा प्रधानमन्त्री रोजगार ७२ लाख बजेट आएको र त्यसमा नगरपालिका १२ वटै वडाका ५ सय नागरिकले रोजगारी पाएको बनगाड कुपिण्डे नगरपालिका रोजगार संयोजक भिम पुनले बताए ।
सडक, सिंचाई फिल्ड निर्माण जस्ता कामहरू गरेको उनले बताए । मुख्यमन्त्री रोजगार कार्यक्रममा ६४ लाख बजेट आएको र त्यसमा ३ सय ६० जनाले रोजगार पाएको र जिल्लाभित्रका पालिकाहरुबाट सिधै प्रदेश राजधानी जोड्ने नाथेखोला राउछे छापाडाडा सडकमा काम गरेको रोजगार सयोजक पुनले बताए ।
उनले भने ‘लामो समयसम्मको बन्दाबन्दीका कारण रोजगारी गुमेका युवाहरुका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here