Saturday, April 27, 2024
Homeमुख्य खबरपिसिआर मेसिन जडान

पिसिआर मेसिन जडान

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), १९ असार । कोरोनाभाइरस परिक्षणका लागि रूकुम पश्चिममा पिसिआर मेसिन खरिद गरिएको छ । जिल्लाको चौरजहारी नगरपालिकाले कोभिड–१९ को संक्रमण भए नभएको जाँच गर्नका लागि आरडिटी र पिसिआर मेसिन गरेको हो ।
जिल्ला आयुर्वेदिक अस्पतालको भवनमा मेसिन जडान गरिएसँगै अबदेखि जिल्लामा नै स्वाव परिक्षण हुने भएको छ । यस अघि पिसीआर मेसिन नहुँदा पिसिआर परिक्षणका लागि स्वाव संकलन गरी सुर्खेत, दाङ र जुम्लामा पठाउने गरिएको थियो ।
क्वारेन्टाइनमा बसेकाहरूको स्वाव संकलन गरी जिल्ला बाहिर पठाउँदा रिपोर्ट ढिला आउने गरेको भन्दै नगरपालिकाले पिसिआर मेसिन जडान गरेको हो । नगरपालिकाले पिसिआर मेसिनसहित ल्याव स्थापना गर्न आवश्यक पर्ने सम्पूर्ण सामान जडान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।
उक्त मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बायोम्याट्रक ईन्जिनियर, चिकित्सक र प्रयोगशालाका कर्मचारीहरूले जडान गरेको उनले जानकारी दिए । मेसिन जडान भएसँगै दैनिक ९६ स्वाव परिक्षण गर्न सकिने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here